भुकम्प पिडितको लागि जुम्ला तातोपानीको १० लाख

लक्ष्मी न्यौपाने,जुम्ला
भुकम्पले प्रभावित जाजरकोट र रुकुमपश्चिमका पिडितलाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउ‘पालिकाले १० लाख रुपैयॉ सहयोग गर्ने भएको छ । भुकम्पपछि भत्किएका संरचनाको पुर्ननिर्माण, पीडितको राहत उद्दार तथा पुर्नस्थापनाका लागि पालिकाले १० लाख रुपैयॉ सहयोग गर्ने निर्णय भएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।
’नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गर्ने उनले बताए । उनले भने, ’भूकम्पले छिमेकी जिल्लाहरु पीडामा छन् । खाद्यान्न, औषधि उपचार अभाव चुलिएको छ । त्यसैले सहयोग गर्ने निष्कर्षमा पुगेका हौ ं।’
उनका अनुसार तत्कालका लागि भनेर १० लाख सहयोग गर्ने निर्णय गरिएको हो । भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति तातोपानीले दु:ख व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये भूकम्प पीडितलाई सहयोग गर्ने पालिकाहरुमा तातोपानी पहिलो बनेको छ ।
गत शुक्रबार राति गएको जाजरकोटको रामीडाडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी १ सय ५७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शीर्षक