जुम्लामा तीज विशेष कार्यक्रम सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाको चन्दननाथ १ दानसाँघु दोभानमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । दोभान युवा क्लवको समन्वय, चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग र चन्दननाथ १ को आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ६ वटा टिमले भाग लिएकोमा गुरुदेव आमा समुह प्रथम,ढाणथपला आमा समुह दोस्रो र आचार्यबाडा आमा समुह तेस्रो भएका छन ।
तीज विशेष नृत्यमा देवद्यार प्रथम,शिव पार्वती दोस्रो र सगरमाथा आमा समुह तेस्रो भएका छन । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापा,मुनबहादुर महत र दयादत्त हमाल मुल्यांकन समितिमा थिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तीजले सबै नेपालीको मुहारमा खुसी ल्याउने बताए ।
उनले दानसाँघु दोभानमा रहेको तिर्थस्थलको संरक्षण गर्नुपर्ने र तीजमा गाइने सामाजक विकृतीका बिषयलाई संधैभरी उठाइरहनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हरितालिका तीजको अवसरमा शुभकामना मन्तव्य राख्दै परम्परागत कालदेखि चल्दै आएको रितिरिवाजको संरक्षण गर्नुपर्ने बताए ।
चन्दननाथ १ का अध्यक्ष तिलकप्रसाद न्यौपानेले आर्थिक रुपमा सशक्त बनाउन पर्यटकीय गन्तब्य बनाउनुपर्ने बताए । उनले नरहरीनाथले कोटिमहोम लगाएको स्थान भएको अझै महत्वपुर्ण भएको बताए । उनले सबै मिलेर पत्रकार रत्नाकर देवकोटाको शालिक बनाउनुपर्ने बताए ।
तीज विशेष कार्यक्रममा विभिन्न सांस्कृतिक कलाहरु प्रस्तुत गरिएको थियो । जिल्लाको एक नगरपालिका र ७ गाउँपालिकाका महिलाहरु सहभागि थिए । कार्यक्रममा सशस्त्र प्रहरीका एसपी चेतराज जोशी पनि सहभागि थिए ।

जिल्लाका सवै स्थानीयतहमा तीज विशेष कार्यक्रमहरु भएको गाउँपालिकाहरुले बताएका छन ।

सम्बन्धित शीर्षक