लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लामा यहि भदौ १० गते आइतबार देखि सिंजा केदारनाथ महोत्सव सुरु हुने भएको छ । साउन पुर्णि,एकादशी केदारनाथको मेला,भारा न्हान्य,गौजो काट्ने बर माग्ने मेला भन्ने मुल नाराका साथ सिंजा गाउ‘पालिका ४ बारेगाउ नजिकैको केदारनाथ मन्दिरमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव ३ दिन सम्म चल्नेछ । महोत्सव सन्चालन गर्न भन्दै आइतबार सार्वजनिक विदा दिने समेत सिंजा गाउपालिकाले निर्णय गरेको छ ।
महोत्सवमा स्याउ प्रदर्शनी समेत हुने पालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए । उनले भने,‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ । तर उचित प्रचारप्रसारको अभावमा संधै ओझेलमा परिरहेको छ । महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ । ’
महोत्सवका लागि मञ्च तथा स्टल व्यवस्थापन,झॉकी व्यवस्थापन,अतिथी व्यवस्थापन,सञ्चार तथा साउण्ड सिस्टम व्यवस्थापन,परम्परागत अड्छो,पड्छो,मुग्लेरी व्यवस्थापन,भारा नुहाउने तिर्थालु व्यवस्थापन,बाजा व्यवस्थापन,यातायात व्यवस्थापन,स्वयमसेवक व्यवस्थापन र यातायात व्यवस्थापन र प्रचार व्यवस्थापन समिति बनाइएको छ ।
सुरक्षा लतथा विभिन्न कार्यालय स्ग समन्वय गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धिताल,कार्यविभाजन अनुसारको कामको अनुगमन उपाध्यक्ष सितली रोकाया र आवश्यक समन्वय गर्ने जिम्मेवारी अध्यक्ष पुर्णप्रसाद धितालले लिएका छन ।
पुर्खाहरुको योगदान,खसहरुको विरासत,भाषा संस्कृतिको जननी,नाथहरुको नाथ,साउनको शुक्ल एकादशी पुण्यकर्म र पर्यटन प्रवद्र्धन गर्न पुगौं केदारनाथ भन्ने नारा समेत महोत्समा तय गरिएको छ ।
महोत्सवमा जिल्ला भरीका दर्शनालुहरुको भिड लाग्ने गर्छ । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले गर्ने भनिएपनि कामको व्यस्तताका कारण आउन नसक्ने देखिएको सिंजा गाउ‘पालिकाले जनाएको छ । तर कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भिमप्रसाद शर्माले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सवको लागि कृष्ण कंडेल नेतृत्वको इन्द्रेणी टिम जुम्ला आइपुगेको छ ।