बाढीले बगाउदा घट्ट पिस्न गएकी महिला बेपत्ता

जुम्ला, जुम्लामा बाढीले बगाउ‘दा एक महिला वेपत्ता भएकी छिन । पातारासी गाउँपालिका वडा नम्वर ५ माथि लोर्पा गाउ‘की ३५ बर्षिया पन्नीकली बुढा वेपत्ता भएकी हुन ।
उनी घट्ट पिस्न भएको र घट्टेकुलोमै बाढी आउदा घट्ट संगै उनी बगेको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । पन्नकली दिउ‘सो मात्र घट्ट पिस्न गएकी हुन ।
डिल्लीचौर प्रहरी चौकी इन्चार्ज बुद्धि साउदका अनुसार बाढीले पाँच वटा घट्ट समेत बगाएको छ । बाढीले माथि लोर्पा र तलिलोर्पा गाउँ जोखिममा रहेको पातारासी गाउँपालिकाका कर्मचारी दानबहादुर विष्टले बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले वेपत्ता भएकी बुढाको खोज तथा उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको छ । तर निरन्तर बर्षा भइरहेको र बाढीको वहाफ नरोकिएकोले खोजी कार्यमा बाधा उत्पन्न भइरहेको उनले बताए ।
पातारासीको बाढीले जिल्लाको तातोपानी र तिलाका झण्डै दर्जन बढि बस्ती जोखिममा परेका छन । नदि छेउछाउमा रहेका बस्तीका मानिसहरुलाई उच्च सतकर्ता अपनाउनको लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

सम्बन्धित शीर्षक