लक्ष्मी न्यौपाने,जुम्ला ।
निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन) ले जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । खेलकुदमा सामुहिक नृत्यतर्फ ब्राइट फ्युचर बोडिङ स्कुल र एकल प्रतियोगितामा कैलाश बोधि बोडिङ स्कुलले प्रथम स्थान हासिल गरेका छन ।
सदरमुकाम खलंगा र जिल्ला बाहिर खोलिएका निजी विद्यालयहरुले नृत्य तथा गायन प्रतियोगितामा भाग लिएका थिए । एक दिने उक्त प्रतियोगिता नौ वटा बिद्यालयले भाग लिएका थिए । प्याब्सनको आयोजनामा भएको सामुहिक नृत्य प्रतियोगितामा ब्राईट फयूचर स्कुल प्रथम भएको छ । कैलाश बोदी स्कुल दोस्रो भएको छ भने डाइनामिक बोडिङ स्कुल पातारासी तेस्रो भएको छ
।एकल नृत्य तर्फ कैलाश बोडिङ स्कुल प्रथम, कनिका निशा दोस्रो र ब्रराइट फिचर बोडिङ स्कुल तेस्रो भएको छ । उनले भने,’जुम्लामा २५ वटा निजि बिद्यालय संञ्चालनमा छन । यस प्रतियोगितामा १४ वाट विद्यालयलाई पत्रचार गरिएको थियो । तर नौ विद्यालय मात्रै सहभागि भए । ’
कनिका निशा बोडिङ स्कुल ,कर्णाली बोडिङ स्कुल, एशिया इन्टरनेश्नल स्कुल, जिएमडी ,चन्दननाथ बोडिङ उमगाड ,कैलाश बोधि स्कुल ,डाइनमिक स्कुल पातारासी ,ब्राईट फ्यूचरले प्रतियोगितामा भाग लिएका छन
प्याब्सनका अध्यक्ष लामाले नीजि विद्यालयहरुले पहिलेको तुलनामा अहिले निकै राम्रो काम गरिरहेको बताए । उनले भने,‘आगामी दिनहरुमा नीजि विद्यालयहरु निकै सक्रियताका साथ लागेर गुणस्तरीय शिक्षा प्रदान गर्न लाग्नुपर्ने देखिन्छ । ’ प्याब्सनका केन्द्रीय सदस्य वसन्तसिंह कठायतले नीजि र आवसीय विद्यालयहरु बिच हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले भने,‘गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति जिल्लालाई दिनु अहिलेको कर्तव्य हो । त्यो कर्तव्य नीजि तथा आवासीय विद्यालयले पुरा गर्नुपर्छ । ’
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाइले नीजि विद्यालयहरुले जुम्लाको शिक्षा क्षेत्रमा खेलेको भुमिका बारे चर्चा गरे । आगामी दिनमा अझै प्रगति गर्दै जानुपर्नेमा जोड दिदै प्रमुख चौलागाइले जब सम्म शिक्षा क्षेत्र गुणस्तरको बन्दैन् । तब सम्म हाम्रो जनशक्ति बजारमा जान सक्दैन् । जसका लागि सामुदायिक विद्यालयहरु र नीजि विद्यालयहरु बिचको आपसी समन्वय समेत हुनुपर्ने तर्क उनको थियो ।
कैलाश बोधि बोडिङ स्कुल जुम्ला कोर्डिनेटर अन्नत उपाध्यायले एकल तथा सामुहिक प्रतियोगिताहरु निकै प्रभावकारी रुपमा सकिएको बताए ।