प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी पहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुन स्र्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिनुभएको छ । वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पु¥याएको छ ।