वीरेन्द्रनगरका भूमिहीनले कहिले पाउँछन् लालपुर्जा ?

। वीरेन्द्रनगरका भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सकुम्बासीहरुले अझै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाउन सकिरहेका छैनन । जिल्लाका अन्य पालिकाहरुमा धमाधम लालपुर्जा वितरण कार्य भइरहँदा वीरेन्द्रनगरमा भने अझै वितरण सुरु हुन् सकिरहेको छैन ।२८ माघ, ०७८ मै गठन भएको राष्ट्रिय भूमि आयोगको भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा दिने र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ प्रत्येक स्थानीय तहमा भूमि सेवा केन्द्र स्थापना भएका थिए । त्यसपछि लगत संकलन प्रविष्टका साथै नापजाँच गर्ने कार्य संचालन हुनुपर्ने थियो । तर, वीरेन्द्रनगरमा नापजाँच कार्य नै निकै ढिलो गरी सुरु भयो ।वीरेन्द्रनगरमा लगत संकलन सकिएपछि ११ चैत्र, ०७९ बाट मात्रै नापजाँच सुरु भयो । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले वडा नम्बर १६ को गर्पनमै पुगेर नापजाँच कार्यको उद्घाटन गरेकी थिइन् । यद्यपि नापजाँच कार्यले तिव्रता पाएको छैन ।नापजाँचका लागि नापी प्राविधिकहरु, अमिन सर्वेक्षक र फिल्ड सहायक गरी ७ जनाको नापी टोली खडा गरिएको थियो । उक्त टोलीले असार मसान्तसम्मको कार्य प्रगतिको प्रतिवेद निकालेको छ । नेपाली रैबारलाई प्राप्त फिल्ड प्रतिवेदनमा मौसमलाई कारण देखाई नापजाँच कार्यमा ढिलाई भएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘मौसमका कारण फिल्डमा काम गर्न सकिएन, बीचमा केही दिन फिल्ड कार्य सँगसँगै कार्यालयमा तयार गर्नुपर्ने सर्जमिन, मुचुल्का, ट्रेस जस्ता कार्य कार्यालयमा बसेर गरिएको थियो ।’

असार मसान्तसम्मको प्रतिवेदन अनुसार करिब ११९ कित्ता जग्गा मात्र नापजाँच गरी कित्ता तयार पारिएको छ । जुन निकै कम हो । यस्तै करिब ७८ फाइल निवेदकको नापजाँच कार्य सम्पन्न भएको पनि प्रतिवेदनमा उल्लेख छ । यसअघि भूमि समस्या समाधान हेर्ने नगरपालिकाका सामाजिक विकास अधिकृत टंक प्रसाद लामिछानेका अनुसार नापजाँचको कार्य १६ नम्बर वडा बाहेक अन्त भएको छैन । विभिन्न कारणले नापजाँचमा ढिलाई भएको उनले बताए ।

सम्बन्धित शीर्षक