सार्वजनिक सवारीमा विद्यार्थीलाई ५० प्रतिशत छुटको माग

लक्ष्मी न्यौपाने,जुम्ला,
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन जुम्लाले सार्वजनिक सवारीसाधनको प्रयोगमा ५० प्रतिशत छुटको माग गरेको छ । सोमबार एक प्रेश विज्ञप्ति प्रकाशन गर्दै अनेरास्ववियुले सार्वजनिक सवारीमा ५० प्रतिशत छुटेको माग गरेको हो । सो प्रेस विज्ञप्ति प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई समेत बुझाइएको छ ।
विगतमा भएका सम्झौताहरुमा सार्वजनिक सवारी साधनको प्रयोगमा विद्यार्थीलाई छुट दिने कुरा उल्लेख भएपनि कार्यन्वयन नभएको भन्दै तत्काल कार्यन्वयन गर्न माग गरिएको छ ।
केन्द्रीय सदस्य बिराज भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा राज्यले नै निर्धारण गरेको सेवा सुविधाबाट विद्यार्थी जस्ता भविष्यको कर्णधार पुस्तालाई बञ्चित गरिदा अन्य समुदाय र बर्गको हालत झनै नाजुक हुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘यातायात व्यवसायी,विद्यार्थी संगठनहरु बिचमा भएका सहमति,राज्यको प्राब्धान अनुसार मुलुकाका अन्य ठाउ“मा भाडा छुट्का् व्यवहारीक रुपमा कार्यन्वयन भइरहेकोले जुम्लामा पनि कार्यन्वयन गर्न गराउन सम्बिन्धित निकायाको ध्यानाकर्षण गराउदछौं । ’
सहमति अनुसार भाडादरमा छुट नभएको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ । उनीहरुले दुर्गमका विद्यार्थीहरुले सेवा सुविधाको अनुभुती गर्ने गरि व्यवस्थापन गराइदिन समेत विद्यार्थीहरुले आग्रह गरेका छन ।

सम्बन्धित शीर्षक