तातोपानी ४ का जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण

जुम्लाको तातोपानी गाउँपालिका– ४ का १२७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरिएको छ। ४ नम्वर वडा कार्यालयले वडाको हाँकु, गिडीखोला, गोतामवाडा र नियापानीका जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरेको हो। वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार लक्षित वर्ग कार्यक्रमअन्र्तगत जेष्ठ नागरिकलाई हिँडडुल गर्नका लागि लट्ठी तथा हर्लिक्स र आयूर्वेदिक औषधि वितरण गरिएको हो।

एक जेष्ठ नागरिकबराबर एक हजार ८०२ रुपैयाँको लट्ठी, पाँच सय रुपैयाँको हर्लिक्स र दुई सय रुपैयाँको आयूर्वेदिक औषधि वितरण गरिएको वडा सचिव टिकराज न्यौपानेले बताए।  ‘१२७ जेष्ठ नागरिकलाई तीन लाखबराबरको सहायता सामग्री वितरण गरिएको हो,’ उनले भने।

जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यले जेष्ठ नागरिकको लागी लौरोको सहायता बहुउपयोगि हुने बताए ।उनले भने,’जेष्ठ नागरिकहरुलाई यस्ता खालका कार्यक्रमले हौसाला बढाएको बताए । उनका अनुसार जेष्ठ नागरिक आजका युवा भोलीका जेष्ठ नागरिक हुन । त्यसैले जेष्ठनागरिकलाई ससम्मान पुर्व बाँच्न पाउने अधिकारको प्रत्याभुति हुन जरुरी छ ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाइले तातोपानी ४को वडा कार्यालय जेष्ठ नागरिकलाई सम्मान गर्ने पहिलो वाडा भएको बताए । उनले भने,’ यस अघि यस वडा कार्यालयले जेष्ठ नागरिकका लागी दाँत हाल्ने दन्त्त शिविर राखेको थियो । अहिले सहायता कार्यक्रम गरेको छ । उनले भने, वडाको गरेको यस्ता खालका कार्यक्रमले जेष्ठ नागरिकले गाउँमा सरकार आएको महशुस गरेका छन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले संविधानमै जेष्ठ नगरिकको हक अधिकारको लागी बोलेको बताए । उनले भने, सरकारले दिने सामाजिक सुक्षा भत्ता समयमै पाउनु पर्ने बताए । उनका अनुसार जेष्ठ नागरिक तथा हरेक कम्जोर वर्गको संरक्षण गर्नु राज्यको दायित्व हो । प्रजिअ घिमिरेले भने, स्थानीय सरकारले पनि जेष्ठ नागरिक जस्ता लक्षित वर्गलाई पहिलो प्राथमिकता राख्न जरुरी छ । त्यस्तै सशस्त्र प्रहरी जुम्लाका एसपी चेतराज जोसीले जेष्ठ नागरिक नै देवी देउता भएको बताए । उनले भने,’ घरमा भएका आफ्ना आमा बाबुलाई सम्मान गरे भगवान खोज्न मन्दिरमा जान नपर्ने बताए । उनले थपे,’ज्येष्ठ नागरिकको समस्याप्रति चासो दिनु वडाकार्यालयको राम्रो काम हो ।

उपाध्यक्ष रेवती रावलले, वडा कार्यालयले सहायताको लागी बितरण गरेको लौरो , पोषण युक्त का खानेकुरा डिब्बा हर्लिक्स र आयुर्वेद औषधीले जेष्ठ नागरिकको महत्वपुण हुने बताइन । उनले भनिन,’सबै भोली जेष्ठ नागरिक हुने भएकोले स्याहारसुसार गर्नु पर्ने स्थानीय सरकारको दयित्व भएको बताईन । उनका अनुसार जेष्ठ नागरिकका लागी वडा सरकार र पालिका सरकार कर्मदिने छोरा छोरी हो ।उनले भनिन,’बालापनको उम्मेर र वृद्ध उमेर उस्तै उस्तै हुने भन्दै उनले खानपिन र सम्मान सत्कारमा कन्जुस्याइँ गर्न नहुने बताइन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुने बताए । उनले भने,’जेष्ठ नागरिकको लागी तातोपानी ४ ले गरेको सहायता कार्यक्रम सबै पालिकाले सिक्नु पर्ने बताए ।उनका अनुसार जेष्ठ नागरिकको दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी पनि उत्तिकै हुन जरुरी छ ।

तातोपानी ४ वडाका सबै भन्दा जेष्ठ नागरिक ८३ उमाकान्त उपाध्यायले गाउँमै जेष्ठ नागरिकको सम्मान गर्ने सरकार पाएकोमा खुसि ब्यक्त गरे ।उनका हिडडुल गर्दा सहज होस भन्नका लागी दिइएको लौरो, हर्लिक्स र आयुर्वेद औषधि उपलब्ध गराएको भन्दै स्थानीय सरकारलाई दिए ।

स्वास्थ्य अवस्था कमजोर भएका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई वडा कार्यालयले सहयोग पुर्वक दिइएको सहायता सामाग्र्रीले जेष्ठ नागरिक हर्षित भएका छन ।

सम्बन्धित शीर्षक