तिला गाउँपालिकामा पालिकास्तरीय बालभेला सम्पन्न

जुम्लाको तिला गाउँपालिकामा बालभेला सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालर किडार्क नेपाल जुम्लाको साझेदारीमा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्र्तगत बालभेला सकिएको हो । बालभेलामा पालिकामा रहेका ३३ जना बालबालिका,जनप्रतिनिधिहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो । दुइदिन सम्म चलेको बालभेलामा बालबालिकाहरुका विभिन्न सवालहरुका बारेमा छलफल भएको थियो ।
साथै आगामी आर्थिक बर्षको योजना तर्जुमामा २२ बुदे कार्ययोजना बनाइएको छ । कार्ययोजना बालबालिकाहरुले पालिका अध्यक्ष मोतिलाल रोकायालाई बुझाएका थिए । शिक्षा शाखा प्रमुख झनमाया खत्रीले बालबालिकाबाट ाएका शिक्षा सम्बन्धिका सवालहरु जायज भएको बताइन । उनले आगामी योजनामा कार्यन्वयन गर्न समेत पालिकालाई आग्रह गरिन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बिष्टले आउदो गाउँसभामा बालबालिकाबाट आएका सवालहरुको संवोधन गर्ने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बालबालिकाबाट आएका सवालहरु निकै सान्दर्भिक भएको बताउँदै सन २०३० सम्म पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने र बालबालिकामैत्री पालिका घोषणा भइसक्ने बताए ।
बालमैत्री पालिका बनाउनु नै प्रमुख उद्धेश्य रहेकोमा जोड दिए । उनले बालबालिकालाई आफ्नो पठनपाठन संगै सामाजिक विकास कार्यमा समेत अग्रसर हुन सुझाव दिए ।
उनले बालबालिकालाई प्रमुख स्थानमा राखेर बजेट तथा योजना बनाउन कर्मचारीहरुलाई निर्देशन दिए । भेलामा किर्डाक नेपालका कार्यक्रम अधिकृत श्रीबहादुर भन्डारी र महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले सहजीकरण गरेका थिए ।

सम्बन्धित शीर्षक