लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्ला तिला गाउँपालिकाका उद्यमीहरुले व्यवसायिक योजना बनाउन थालेका छन । उनीहरुले व्यवसायमा आवश्यक पर्ने योजनाहरु बनाउन थालेका हुन । ६० दिने तालिम लिएका सिलाइकटाइका उद्यमीहरु र निगालोको चोयाबाट बन्ने सामाग्री सम्बन्धि ३० दिने तालिम लिएका उद्यमीहरुले व्यवसायिक योजना बनाएका हुन ।
सिलाइकटाइमा १० जना र निगालोको चोयाबाट बन्ने सामाग्री बनाउने तालिममा १३ जनाले भाग लिएका थिए । उद्योग हित संरक्षण कार्यालय जुम्ला, तिला गाउ‘पालिका र किडार्क नेपालको त्रिपक्षीय सम्झौतामा व्यवसायिक योजना निर्माणको काम भइरहेको छ ।
उद्योग हित संरक्षण कार्यालयले प्रशिक्षक,गाउँपालिकाले कच्चा पदार्थ र किर्डाकले सहभागिहरुलाई खाजा,खाना लगायतका प्राविधिक सामाग्री प्रदान गरिएको छ । स्थानीय सीपलाई व्यवसायीकरण तथा प्रवद्र्धन गर्न तालिमहरु दिदै आएको किडार्क नेपालका सामाजिक परिचालक मिना बुढाले जानकारी दिइन् ।