किर्डाकद्वारा आरसी बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

जुम्ला । किर्डाक नेपाल द्धारा पाँच पालिकाका आरसी दर्ता वालवालिकाहरुलाई सिकाई कुना शैक्षिक सामाग्रीहरु वितरण ।

किर्डाक नेपाल द्धारा सञ्चालित बाल स्पोन्सरसिप कार्यक्रम अन्तर्गत जुम्लाका एक नगरपालिका लगायत चार वटा गाउपालिका २१ वटा वडाहरुमा आरसी दर्ता भएका कुल १,५१० जना बालबालिकाहरुलाई पढाइ कुना सामाग्री वितरण गरिएको आयोजक किर्डाक नेपालले जानकारी दिएको छ ।

वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको आयोजनामा भएको उक्त कार्यक्रममा आरसी दर्ता भएका जम्मा ३२ वटा विद्यालयमा १,५१० वालवालिकाहरुलाई सोही सामाग्री वितरण गरिएको हो ।

जुम्लाको पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, त्यस्तै तातोपानि गाउँपालिका, तिला गाउँपालिका र चन्दननाथ नगरपालिका का २१ वटा वडा भित्रका आरसी दर्ता भएका वालवालिकाहरुलाई पढाइ कुना सामाग्री बोर्ड मार्क, चित्रकला पुस्तक, जेब्रा झोला लगात अन्य सामाग्रीहरु वितरण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले बताउनुभएको छ । उहाका अनुसार आरसी दर्ता भएका कक्षा एक देखि कक्षा ५ सम्मका बालबालिकालाई ५ प्रकारका शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

बालबालिकाको नियमित पठनपाठनमा राहात पुगोस तथा उनिहरुको आनिबानिमा विकास हुनुका साथै शिक्षामा सुधार होस भन्ने कार्यक्रमको मुख्य उदेश्य रहेको भण्डारीले बताउनुभएको छ । उहाले भन्नुभयो, “यो सामाग्रीले विद्यालयहरुका साना बालबालिकालाई पढाइ तथा सिकाईमा मदत हुनुका साथै उनिहरुको पढाइ क्षमता वृद्धि होस् भन्ने हेतुले यी सामग्री प्रदान गरिएको हो । साथै भण्डारीले आफ्ना नानिबाबुको पठनपाठन र सीप विकासमा विशेष ध्यान दिन समेत आग्रह गर्नुभयो ।

किर्डाक लेपाल जुम्ला द्धारा सञ्चालित स्पोन्सरसिप कार्यक्रम अन्तर्गत जुम्लाका एक नगरपालिका र चार वटा गाउँपालिकामा गरी पाँच  पालिकामा हाल यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षक