आपूर्ति कर्ताहरुसँग किर्डाक जुम्लाको छलफल

किर्डाक नेपाल जुम्लाले पहिलो पटक आपूर्ति कर्ताहरुसँग छलफल गरेको छ । विभिन्न क्षेत्रका आपूर्ति कर्ताहरुसँग विहिबारका दिनमा होटल भ्यालि भ्युमा छलफल गरेको हो । अभिमुखिकरण कार्यक्रम मार्फत आपूर्ति कर्ताहरूसँग छलफल भएको किर्डाक नेपाल जुम्लाका सप्लाई चेन म्यानेजमेन्ट अधिकृत भरत नेपालीको भनाइ छ । उनका अनुसार, किर्डाक नेपाल जुम्लाले विभिन्न आपूर्ति कर्ताहरुसँग कारोबार गर्दै आएको र आगामी दिनमा सुधार गर्नु पर्ने पक्षका विषयमा छलफल भएको बताए ।

किर्डाक नेपाल जुम्लाले सामान खरिद गर्ने आपूर्ति कर्तासँग गरेको छलफलले आगीम दिनमा गुणस्तरीय सामान उपलब्ध गराउन सहयोग पुग्ने उनले बताए । जुम्लामा आपूर्ति कर्तासँग भएको यो पहिलो छलफल हो । यसले आपूर्ति कर्ता र किर्डाक नेपालका बिचमा देखिएका समस्या हल गर्न सहयोग पुग्ने अपेक्षा गरेको नेपालीको भनाइ छ ।

व्यवसायिक क्षेत्रमा काम गर्दै आएका व्यक्तिसँगको छलफलले आउदा दिनमा सामान सप्लाईमा सहजता हुने उनले जानकारी दिए । आपूर्ति कर्तासँग काम गर्दा आई परेका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरेको नेपालीले बताए । उनका अनुसार, आपूर्ति कर्तासँग काम गर्नका लागि सुरूमा भेण्डर छनोट गर्ने र त्यसैका आधारमा सम्झौता हुने गरेको अवगत गराए ।

यस्तै वल्डभिजन इन्टरनेश्नल नेपालका सप्लाइ चेन कोडिजेटर दिपकराज पोखरेलले सेवा प्रदायक निकायसँग आगामी दिनमा अझ प्रभावकारी काम गर्न खोजिएको बताए । भेण्डर छनोट प्रक्रिया देखि फिल्ड स्तरमा सामान सप्लालाई निकायसँगको छलफल काम गर्न सहज हुने उनको बुझाइ छ । आपूर्ति कर्तासँग भएको छलफल क्रममा उहाँले केहि सुझाव तथा जिज्ञास भएमा वल्डभिजनको गुनासो सुनुवाई संयन्त्रमा फोन मार्फत कुरा राख्न अनुरोध गरे ।

आपूर्ति कर्तासँग भएको सम्झौता अनुसार भनेकै समयमा गुणस्तरीय सामान उपलब्ध गराउन उनले गरे । नेपालका १६ वटा जिल्लामा वल्डभिजन इन्टरनेशनल नेपालले काम गर्दै आएको उनले जनाए । पोखरेलका अनुसार, बालबालिकासँग सम्बन्धित भएर काम गर्दै आएको अवगत गराए । बाल समृद्धि ल्याउने लक्ष्य रहेको उनको भनाइ छ । वस्तु तथा सेवा गुणस्तरीय र सुपथ मुल्यमा उपलब्ध गराउन उहाँले आपूर्ति कर्तासँग अनुरोध गरे । भेण्डरले चाहिएको सामान दिन सक्नु पर्ने उनको भनाइ छ ।

किर्डाक नेपाल जुम्लासँग सूचिकृत भएका भेण्डर बाँहेक अरुसँग कारोबार नहुने भएकाले सूचना प्रकाशन तथा प्रशारण भएको बेला आवद्ध हुन उहाँले अनुरोध गरे । यता सहभागि सुष्मा श्रेष्ठ (रोकायाले) अन्य गैर सरकारी संस्था भन्दा किर्डाक नेपालसँग काम गर्न सहज भएको बताए । भुक्तानि प्रक्रिया भनेकै बेला हुने भएकाले काम गर्न सहज भएको उनको भनाइ छ ।

व्यवसायिहरुले दिने सेवाका विषयमा पहिलो पटक जन्न र बुझ्न पाएकोमा उनले खुसी व्यक्त गरे । छलफल कार्यक्रममा सहभागि हुँदा बिल बुझाउने बिषयमा राम्रो सँग जानकारी पाएको रोकायाको भनाइ छ । यस्तै अर्का सहभागि चित्र बुढाले किर्डाक नेपालले आपूर्ति कर्तासँग गर्ने व्यहार धेरै राम्रो भएको चर्चा गरे । स्थानीय स्तरमा रहेका व्यवसायिका लागि संरक्षण गर्ने काम किर्डाकले गरेको उनको भनाइ छ ।

बुढाका अनुसार, आउदा दिनमा स्थानीय स्तरका व्यवसायिलाई सेवा गर्ने अवसर प्रदान गर्न किर्डाक नेपाल र वल्डभिजनलाई अनुरोध गरे ।

सम्बन्धित शीर्षक