आहा । क्या राम्रो जुम्लाको केदारनाथ

लक्ष्मी न्यौपाने,जुम्ला
मन्दिर वरिपरि गौमुख धाराहरु । काठबाट बनेका गाईका तस्बिर । ढंगा कुदेर बनाएका मुर्ति आहा । क्या राम्रो केदारनाथ । केदारनाथ जादा भेटिने स्याउ आरुका बगैंचाहरु,ढुंगाको छानोले बनेका घरहरु, त्यहॉको पहिरन रहनसहन र रितिरिवाज । हेर्दै अचम्मको लाग्ने धार्मिक मान्यता ।
जुम्ला सिंजा ४ मा रहेको धार्मिक पर्यटकको केन्द्र केदारनाथ आफैमा प्रमुख पर्यटकीय केन्द्र हो । तर प्रचारप्रसारको अभावका कारण संधै ओझेलमा रह्यो । समुद्धि सतहदेखी झण्डै ३५ सय मिटर उचाइमा रहेको केदारनाथ सिंजाको मुख्य सांस्कृतिक सम्पति हो । केदारनाथ वरिपरि थरीथरीका कुण्डाहरु छन । मूल कुण्डभित्र चडाइएका सयौं वर्ष पुराना तामा, पित्तल र चॉदीका सिक्काहरूको थुप्रो लागेको छ । हजारौं वर्ष पुराना धातुजडित उत्कृष्ट कालिगढीले बनाएका गौमुख भएका नुहाउने धाराहरू छन । आन्तरिक तथा बाह्य पर्यटकहरु मन्दिरमा भाकल पुरा गर्न र मन्दिर वरिपरिका दृश्यहरु अवलोकन गर्न आइरहेका हुन्छन् ।
सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार केदारनाथले खस साम्राज्यकालमा हाल भारतका चार धामभन्दा पनि पुरानो र वैभवता कायम गरेको इतिहास छ । उनले भने,‘उचित प्रचारप्रसार हुन सकेन । केदारनाथको धार्मिक महत्व प्रष्ट्याउन नसिकएका कारण पर्यटन आवागमन बढ्न सकेन । ’
आन्तरिक तथा बाह्य पर्यटक संग जोड्नका लागि पहिलो पटक सिँजा गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्व र यसको परिचान बारे धाािर्मक अगुवा सम्मेलन गरेको उनको भनाइ छ । भारतको प्रसिद्ध धार्मिक तीर्थ स्थल केदारनाथ जुम्लाबाटै गएको धार्मिक जन विश्वास रहेको धार्मिक अगुवाहरु बताइरहेका छन । मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल र स–साना पानीको कुण्डहरुको दृश्यले जो सुकैको मन लोभ्याइरहेको छ ।
यहॉ साउन पुर्णिमाको एकादशीको दिन निकै ठुलो मेला लाग्ने गरेको छ । जहॉ कर्णाली प्रदेशसंगै सुदुरपश्चिम क्षेत्रबाट पनि तिर्थालुहरु आइरहेका हुन्छन् । जुम्लामा रहेका धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान बोकेको केदारनाथमा श्रद्धालुहरुको विश्वास निकै छ । केदारनाथको दर्शन एवं पूजाआजाका लागि सुर्खेत,कालिकोट, अछाम,मुगु र बाजुरा लगायतबाट तिर्थालुहरु आउने गर्दछन् । केदारनाथ मन्दिरमा बर मागे र भाकल गरेपछि मनले चिताएको सबै पुरा हुने जनविश्वास रहेको छ । जसका कारणले पनि केदारनाथको महिमा अझै बढेको देखिन्छ ।
केदारनाथलाई धार्मिक पर्यटनको केन्द्र बनाउन पालिकाले पर्यटकीय क्षेत्र विकास र पुर्वाधार निर्माणको काम अघि बढाएको छ । हिउ‘दमा हिउ‘ले सेताम्य हुने केदारनाथ क्षेत्र बर्षायाममा विभिन्न फुलहरुले शोभायमान देखिने गरेको स्थानीयले जानकारी दिए । केदारनाथ सम्म सडक पुगिसकेको छ । अब प्रचारप्रसारको खॉचो छ । जसका लागि आवश्यक बजेट व्यवस्था पालिकाले गर्ने अध्यक्ष धितालले बताए ।
पर्यटकीय पदमार्ग निर्माण गर्न र धार्मिक पर्यटन यात्रामा सहजता ल्याउन सम्भाव्यता अध्ययन भक्ष्रहेको सिंजा ४ का वडाध्यक्ष धनजीत बुढाले बताए । सिंजाका ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरु छन । उनीहरुको पहिचान गरेर पर्यटन प्रद्धर्धनमा क्रियाकलापमा राज्यले लगानी गर्नुपर्ने स्थानीयको माग छ ।
केदारनाथ तीर्थ स्थल अवलोकन गर्न पछिल्लो समयमा आन्तरिकतथा बाह्य पर्यटकहरुका सङख्या बढ्न थालेको स्थानीइ बासिन्दाहरु बताउँछन । धार्मिक अगुवा मुञ्जिते बुढा स्थानीय सरकार,प्रदेश देखि केन्द्र सरकारले केदारनाथको गरिमा उच्च राख्न लगानी गर्नुपर्ने बताउ‘छन । हेर्दैमा आहा । क्यार राम्रो देखिने,प्राकृतिक रुपमा सुन्दर क्षेत्रको अवलोकन गर्ने र धार्मिक आस्थाको धरोहरमा लगानी गर्न कन्ज्युस्याइ गर्न नहुने तर्क उनको छ ।
केदारनाथको महत्व द्धन्द्धकालमा केही कम थियो । मन्दिरमा रहेका धातुहरु र संरचना जोगाउन निकै कठिन समेत थियो । सांस्कृतिक सम्पदा जोगाउने त धेरै टाढाको बिषय हो । आफ्नो ज्यान बचाउन पनि निकै कठिन थियो । मुनजीतेले भने,‘अब केदारनाथको महत्व उजागर गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने कार्यमा सबैको हातेमालो आवश्यक छ ।

सम्बन्धित शीर्षक