नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि बुधवार झापा जिल्लामा अराजक समुहले गरेको अवाञ्छित क्रियाकलाप प्रति राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति जुम्लाले दुख ब्यक्त गरेको छ । अध्यक्ष ओली झापा जाने क्रममा अवाञ्छित नारा जुलुस लगाई अराजक एवं उछृङखल क्रियाकलाप गर्ने अपराधिक समुहलाइ तत्काल कार्वाहीको दायरामा ल्याउन समेत माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रेश विज्ञप्ति बुझाउँदै युवा संघ नेपाल जुम्लाले घटनामा संलग्न अपराधिक क्रियाकलाप गर्ने समुहलाई यथासिघ्र पक्राउ गर्न समेत माग गरिएको छ ।
अनेकतामा एकता सामाजिक सद्भाव र सहिष्णुता नेपालको विशिष्ट पहिचान हो । यसलाई जीवन्त दिनु हाम्रो कर्तव्य हो, ज्ञापन पत्रमा भनिएको छ,‘राष्ट्रियता लोकतन्त्र, स्वतन्त्रता सामाजिक अन्याय र जनजिवनको आन्दोलनमा आफ्नो सिंगो जीवन समर्पण गरेका समृद्ध नेपाल, खुसी नेपालीका नायक माथि अलोकतान्त्रिक समुहले हमला गर्नु जनताको सपना माथि गम्भिर प्रहार हो । युवा संघ यो प्रहारको टुलुटुलु हेरेर बस्दैन् ।’
अराजक क्रियाकलाप नियन्त्रण गर्न र व्यक्तिको स्वतन्त्रता माथि निर्मम प्रहार गर्ने अपराधिक झुण्डलाई यथाशिघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग समेत गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति जुम्लाका कार्यबहाक अध्यक्ष कमलसिंह बुढ्थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनताको मुर्छित भएका सपनालाई जागृत गर्ने र जागृत सपनालाइ सफल बनाउने यात्रामा खटिएका अध्यक्ष ओली माथिको आक्रमणको निन्दा गरिएको छ ।
अराजक गतिविधिको राष्ट्रिय युवा संघ नेपाल, जुम्ला सशक्त प्रतिवाद गर्ने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ । युवा संघका केन्द्रीय सदस्य सारदा पछाई र कार्यबहाक अध्यक्ष कमलसिंह बुढ्थापा नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापन पत्र बुझाउन गएको थियो ।