पुर्वाराज ज्ञानेन्द्र शाहको जुम्ला भ्रमण स्थगित भएको छ । बर्षाका कारण जहाज आउन नसकेपछि पुर्वराजा शाहको भ्रमण स्थगित भएको हो । जुम्लामा पुर्वराजाले कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको पुजा गर्ने र नागरिक अभिनन्दनमा भाग लिने कार्यक्रम तय भएको थियो ।
पुर्वराजा शाहको नागरिक अभिनन्दनका लागि बनेको मुल समारोह समितिका संयोजक विष्णु बुढ्थापाका अनुसार नया“ बर्षको प्रारम्भ संगै गुरु दत्रातय र चन्दननाथ भैरवनाथको दर्शन गरी जनता संग प्रत्यक्ष भेटभाट गर्ने कामको सुरुवात गर्ने लक्ष्य राखिएको थियो । तर बर्षाले हवाइ उडान हुन नसकेपछि सबै भ्रमण तालिकामा उल्लेख भएका सबै कार्यक्रम स्थगित भएका छन ।
जुम्ला भ्रमणको लागि पुर्वराजा शाह नेपालगंज आइसकेका छन । विहान १० बजे जहाज जुम्लाका लागि उडान भर्ने कार्यतालिका पनि सार्वजनिक भइसकेको थियो । संयोजक बुढ्थापाले भने,‘विहान १० बजेको उडान तय भएकोमा तीन घण्टा सम्म पर्खदा पनि जुम्ला,दैलेख,महाबु र सुर्खेत खण्डमा मौसममा सुधार नभएपछि पुर्वराजाको भ्रमण स्थगित गर्नु परेको हो । ’
पुर्वराजाको अभिनन्दनका लागि जुम्ला लगायत छिमेकी जिल्लाहरुबाट समेत जनता उपस्थित भएका थिए । निकट भविष्यमै पुर्वराजाको भ्रमणको अर्को मिती तय हुने समितिले जनाएको छ ।
जुम्लाका संघीय सांसद ज्ञानेन्द्र शाही पुर्वराजाको भ्रमणको तयारीका लागि जुम्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि मौसममा सुधार हुन नसक्दा स्थगित गर्नु परेको बुढ्थापाले बताए ।
पुर्वराजा जुम्ला भ्रमणमा आउने भएपछि विहानै देखि सुरक्षा सतर्कता अपनाइएको थियो । मन्दिरमा पुजाआजा गर्ने देखि अभिनन्दनको लागि आवश्यक सबै तयारी पुरा भइसकेको थियो । पुर्वराजाको दर्शन भेटका लागि गाउ“देखि जनता सदरमुकाम खलंगा पुगेका थिए ।