लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लामा ३९ ओैं निशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु भएको छ । जिल्लामा आँखाका रोगीहरूलाइ लक्षित गर्दै शिविर सुरू भएको हो । आखाँका बिरामीहरुको हरेक बर्ष निशुल्क आँखा शिविर राखेर उपचार भइरहेको छ ।
आँखा रोग विशेषज्ञ डा.सन्तोष सुवेदीले मोति विन्दुका कारण कैयन नागरिकले आँखाको ज्योति गुमाउनु परेको बताए । उनले शिविरमा सामान्य देखि जटिल प्रकारको अप्रेशन हुने बताए । भौगोलिक रुपमा विकट क्षेत्रहरुमा आँखा शिविर चलाउन मुस्किल भइरहेको बताउदै डा. सुुवेदीले भने,‘आँखाका रोगीहरुको सुनौलो मौका हो । यो मौका कसैले नछुटुन भन्ने चाहिरहेका छौं । ’
नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य कृष्ण गिरीले हरेक बर्ष चल्ने निशुल्क आँखा शिविरहरुले आ“खाका बिरामीहरुलाई निकै राहत मिलेको बताए । उनले आँखाका रोगीहरुले शिविरमा आएर जा“च तथा उपचार सेवा लिनुपर्ने बताए ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले मर्यादिन रुपमा शिविर चलाउन आग्रह गरे । पहिलेका शिविरहरुमा भिडभाड हुंदा निमुखाहरुले राम्रो उपचार पाउन नसकेको गुनासो छ । उनले भने,‘यो पटक पालैपालो मर्यादित र प्रक्रियाबद्ध शिविर चल्नुपर्नेमा जोड दिए । नगरपालिका भित्रका आँखाका बिरामीहरुलाई शिविरमा आएर सेवा लिन पनि आग्रह गरेका छन ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिले धेरै खर्च गरेर सामान्य आँखाको उपचार गर्न सुर्खेत नेपालगञ्ज पुग्ने परेको स्मरण गर्दै अहिले घर आगनमै शिविर चलाएर सेवा पाउनु निकै राम्रो भएको बताए ।
पछिल्लो समयमा आँखाको रोगीहरु बढेको बताउँदै प्रमुख आचार्यले आँखा बचाउनको लागि संवेदनशिल हुन आग्रह गरे । आँखा उपचार केन्द्र अस्पतालको रुपमा परिणत भएकोमा खुसी व्यक्ति गरे ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले आँखा शिविरले अन्धोपन निवारणको नीति बनाउन सहयोग पुग्ने बताए । सबैभन्दा बढि स्थानीय सरकारको भुमिका रहन्छ,उनले भने,‘स्वास्थ्य र शिक्षाका क्षेत्रमा बढि जोड दिन आवश्यक छ ।’
चन्दननाथ नगरपालिकाका वडाध्यक्ष नवराज देवकोटा र पातारासीका अध्यक्ष पुर्णसिंह बोहोराले शिविर सफलताको शुभकामना दिएका थिए । उनीहरुले शिविरमा आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आँखा शिविर ३ दिन सम्म चल्नेछ । नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालको आयोजनामा शिविर चलेको हो । यसअघि जिल्लाका ८ वटै स्थानीयतहमा आँखा शिविर चलिसकेको छ ।