तिलामा महिलाहरुलाई कार्यबोझा घटाउने बारे अभिमुखीकरण सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लामा महिलाको कार्यबोझ कम गर्न किर्डाक नेपाल जुम्लाले क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपाल जुम्लाको आर्थिक सहयोग र किडार्क नेपाल जुम्लाको सहजीकरणमा एक दिने अभिमुखीकरण कार्यक्रम तिला गाउ“पालिकामा आयोजना गरिएको हो ।
कार्यबोझका कारण जुम्लाका महिलाहरुको दिनप्रतिदिन स्वास्थ्य अवस्था बिग्रदो अवस्थामा पुगेको भन्दै स्वास्थ्य सुरक्षाका लागि भएपनि कार्यबोझ घटाउनु पर्ने अभिमुखीकरणमा छलफल गरिएको थियो । कार्यक्रममा तिला १,६,७,८ र ९ वडाका ९० जना महिलाहरुको सहभागिता रहेको थियो ।
किडार्क नेपालका पुंकेश्वर भामले जिविकोपार्जनकै लागि महिलाहरुले कडा संघर्ष गर्नु परिरहेकोले कार्यबोझ बढ्ने गरेको बताए । उनले भने,‘कार्यबोझका कारण महिलाको स्वास्थ्य खतरामा देखिन्छ । अब कार्यबोझ घटाएर महिलाहरुको स्वास्थ्य अवस्था सुधार्न पहल भइरहेको छ । मेसिनको प्रयोग गरेर भएपनि कार्यबोझ घटाउने कार्यमा महिलाहरु अग्रसर भएका छन । ’
महिलाहरुले अभिमुखीकरण कार्यक्रममा धेरै ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएको सामाजिक परिचालक मिना बुढाले बताइन् । किडार्क नेपालले किसान र महिलाको जिविकोपार्जनमा सुधार ल्याउनको लागि पहल गरिरहेको जनाएको छ ।

सम्बन्धित शीर्षक