लक्ष्मी न्यौपाने,जुम्ला
किडार्क नेपाल जुम्लाले तिला गाउँपालिकाका होटल तथा खुद्रा व्यवासायीहरुलाई सामान वितरण गरेको छ । वडा नं १,६,७,८ र ९ सम्मका व्यवसायीहरुलाई सामान वितरण गरिएको हो ।
खुद्रा व्यवसायीलाई ५२ हजार रुपैयाँ र होटल व्यवसायीलाई ५२ हजार रुपैयाँ बराबरको सामान प्रदान गरिएको किडार्क नेपालका पुंकेश्वर भामले जानकारी दिए । उनका अनुसार होटल व्यवसायीलाई तिन कार्टुन तेला,४ प्याक चामल,टेबुल १ थान,कुर्सी ४ थान,फराइपेन २ वटा,चम्चा २ दर्जन,प्लेट २ दर्जन,१ वटा प्रेसर कुकुर,१ वटा ममसेट,१ वटा मिक्सर,१ वटा ग्यास चुलो,स्टिलबाटा सानो २ वटा,ठुलो २ वटा दिइएको हो ।
उनले ५ जना होटल व्यवसायीलाई सामान दिइएको समेत बताए
१२ जना खुद्रा व्यापारीलाई सामान दिइएको किडार्क नेपालले जनाएको छ । उनीहरुलाई ७ बोरा चामल,६ कार्टुन तेल,१ बोरा चिनी,किलो १ थान,क्याल्कुलेटर १ थान,लुगाधुने साबुन साढे २ कार्टुन,नहाउने साबुन १ कार्टुन प्रदान गरिएको सामाजिक परिचालक मिना बुढाले जानकारी दिइन् ।
होटल तथा खुद्रा व्यवसायबाट आयआर्जनका क्रियाकलाप बढाउनको लागि उनीहरुलाई छनौट गरेर सामाग्री प्रदान गरिएको किडार्क नेपाल जुम्लाले जनाएको छ । तिला गाउ“पालिकामा यसअघि किसानलाई बाख्रा तथा भेडा समेत बाँडिएको थियो ।
आर्थिक रुपमा कमजोर तर व्यवसाय गर्न चाहनेका लागि किडार्क नेपालले पटक पटक सामान दिदै आएको छ ।