लक्ष्मी न्यौपाने,जुम्ला
किर्डाक नेपाल जुम्लाले जिल्लाको तातोपानी,पातारासी र चन्दननाथ नगरपालिकाका किसानलाई भेडाबाख्रा बितरण गरिएको छ । तातोपानी, पातारासी र चन्दननाथका ५५ जना किसानलाई भेडाबाख्रा प्रदान गरिएको हो ।
तातोपानी १,२,३,५ र ६ वडा र पातारासीका ४,५,६ र ७ वडाका किसानलाई बाख्राभेडा वितरण गरिएको किडार्क नेपालका जीविकोपार्जन अधिकृत सरु महतले जानकारी दिइन् । उनका अनुसार चन्दननाथ नगरपालिकाका १ देखि १० वडा सम्मका छनौटमा परेका किसानलाई बाख्राभेडा बितरण गरिएको हो ।
तिन वटा स्थानीयतहमा २६ लाख ४० हजार रुपैया“ बराबरको भेडाबाख्रा हस्तान्तरण गरिएको हो । व्यवसायिक रुपमा भेडापालन गर्दै आएका उनीहरुलाई तालिम दिइसकेपछि भेडाबाख्रा दिइएको हो । ।
किसानलाई उपलब्ध गराएको भेडाबाख्राले आगामी दिनमा जीविकोपार्जनमा सुधार ल्याउने अपेक्षा गरिएको किडार्क नेपालका जीविकोपार्जन अधिकृत महतले बताइन् । उनका अनुसार भेडाबाख्रा पालन गरेर आम्दानी गर्न सक्ने किसानलाई छनौट गरेर तालिम दिएपछि भेडाबाख्रा प्रदान गरिएको थियो ।
व्यवसाय योजना बनाउने र व्यवसाय गरेर आम्दानी जुटाउने बिषयमा किसानलाई पटक पटक तालिम समेत दिदै आएकोमा जोड दिइन् । भेडाबाख्रा पाउदा किसान उत्साहित भएको अधिकृत महतको भनाइ छ । किडार्क नेपालले यसअघि पनि किसानलाई आयआर्जनका क्रियाकलापमा सहयोग गर्दै आइराखेको छ ।