तिलाका किसानलाई किर्डाक नेपालको भेडाबाख्रा सहयोग

लक्ष्मी न्यौपाने,जुम्ला ।

जुम्लाको तिला गाउँपालिका भित्रका किसानलाई किर्डाक नेपाल जुम्लाले भेडाबाख्रा प्रदान गरेको छ । व्यवसायिक रुपमा भेडापालन गर्दै आएका उनीहरुलाई तालिम दिइसकेपछि भेडाबाख्रा दिइएको हो । तिला १,६,७,८ र ९ वडाका ८ जना किसानलाई भेडा तथा बाख्रा दिइएको किडार्क नेपाल जुम्लाले जनाएको छ ।
दुई जनालाई तीनका हिसाबले बाख्रा र बाँकी ६ जनालाई तीन तीन वटा भेडा दिइएको थियो । आफुले ५७ हजार मुल्य बराबरको भेडा पाउ“दा खुसी भएको स्थानीय किसान बिजुकला रोकायाले बताइन् ।
उनले आगामी दिनमा भेडापालन गरेर आयआर्जनमा जोड्न मद्धत पुगेको समेत बताइन् । यसैगरी तिला ७ घोडेसिमका प्रकाश रोकायाले ५१ हजार मुल्य बराबरको बाख्रा पालन र अन्य सामाग्री पाएका छन । उनले व्यवसायिक रुपमा बाख्रापालन गरेर नमुना किसानको पहिचान बनाउने प्रतिबद्धता जाहेर गरे ।
किसानलाई उपलब्ध गराएको भेडाबाख्राले आगामी दिनमा जीविकोपार्जनमा सुधार ल्याउने अपेक्षा गरिएको किडार्क नेपालका पुंकेश्वर भामले जानकारी दिए । उनका अनुसार भेडाबाख्रा पालन गरेर आम्दानी गर्न सक्ने किसानलाई छनौट गरेर तालिम दिएपछि भेडाबाख्रा प्रदान गरिएको थियो ।
वल्र्डभिजन इन्टरनेश्नल नेपाल जुम्लाका जिल्ला प्रतिनिधि भेषबहादुर रावलले व्यवसाय योजना बनाउने र व्यवसाय गरेर आम्दानी जुटाउने बिषयमा किसानलाई राहत दिने बताए । उनले किसानले भेडाबाख्रा पालनलाई व्यवसायिक रुपमा अघि बढाउने प्रतिक्रिया दिए ।
भेडाबाख्रा पाउदा किसान उत्साहित भएको सामाजिक परिचालक मिना बुढाले बताइन् ।किडार्क नेपालले यसअघि पनि किसानलाई आयआर्जनका क्रियाकलापमा सहयोग गर्दै आइराखेको छ ।

सम्बन्धित शीर्षक