यो हत्या नभइ दुर्घटना थियो

    २०७५ साउन २५ गते चन्दननाथ नगरपालिका २ का राधाकृष्ण बुढ्थापा मृत्यु प्रकरणमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले मृत्यु नभइ दुर्घटना भएको फैसला सुनाएको छ । बादीपक्षले लगाएको जस्तो आरोप होटेल साहुले षड्यन्त्र गर्नुपर्ने कुनै कारण नभएको जनाएको हो । उच्च अदालत सुर्खेत जुम्ला इजलासका सूचना अधिकारी तथा शाखा अधिकृत राकेशमणि उपाध्यायका अनुसार विशेष अनुसन्धान समितिकै प्रतिवेदनका आधारमा जिल्ला अदालतले जन्मकैद ठहर गरेका व्यक्तिलाई निर्दाेष ठहरी गरी ०७९ असार १३ गते सफाइ दिने फैसला गरेको हो ।
फैसलामा खड्गजीत रोकाया होटेल साँहु र राधाकृष्ण बुढ्थापा ग्राँहक भएको त्यो भन्दा पहिले दुई जना बिच कुनै प्रकारको लेनदेन,विवाद तथा पुर्ब रिसिबी कुनै चर्को प्रतिस्पर्धा नभएको र अर्का प्रतिबादी एङ्ग्ल लामा र राधाकृष्ण मिल्ने साथी रहेको उक्त कुरालाई बादीपक्षले पनि इन्कार गर्न नसकेको जनाएको छ ।
मिसिल संकलन, सम्पूर्ण तथ्य प्रमाण,उच्चस्तरीय छानबिन समितिको प्रतिबेदन र त्रि.बि फरेन्सी मेडिसन संयुक्त बिज्ञरायको प्रतिबेदन सहित अन्य घटना विवरण कागजहरुको अध्ययन,मनन र बिबेचना गर्दा मृतक राधाकृष्ण बुढथापा अत्यधिक मादक पदार्थ सेबन गरी बिना हेल्मेट मृतकले अत्यन्तै तीब्र गतिमा सबारी हाकेको र माथिल्लो कालढुङ्गीको मोडनीर सवारी नियन्त्रणमा लिन नसकि दुर्घटनामा परि टाउकोमा लागेको चोटका कारण मृत्यु भएको जनाएको छ ।
जिल्ला अदालतको २०७७ असार २१ गतेको फैसला मिलेको नदेखिदा बदर भई निज पुनराबेदक प्रतिबादीद्वय खड्गजित रोकाया र एङ्गल भन्ने कुङ्गा लामा गुरुङ्गले आरोपित मुद्दाबाट सफाई पाउने ठहर्छ भन्ने सुर्खेत उच्च अदालत जुम्ला ईजलासले तयार पारेको फैसलाको पुर्णपाठमा उल्लेख गरिएको छ ।
मृत शरीर खोलाबाट उद्दार गरिसकेपछि मृतकका परिवार र सहोदर आफन्तहरुको रोहवरमा सनलाईट होटेल खानतलासी गरिएको थियो । होटेल भित्र त्यस्तो आशंकित अपराध भएको जस्तो सामन्य संघर्षका कुनै दाग,चिन्ह,बस्तुस्थिति नदेखिएको र होटेलमा बसेका कामदार र सबै पाहुनाहरुलाई समेत तत्काल ताजा समयमा सोधपुछ गरेर फर्किएको मृतकका सहोदर काका विष्णुबहादुर बुढ्थापा सहितले बयान गरेको बिषय प्रतिबेदनमा उल्लेख गरिएको छ ।
राधाकृष्णका आफन्तहरुले खड्गजित रोकाया र एङ्गल लामा विरुद्ध २०७५ भदौँ २१ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी दुबै जनालाई हिरासतमा राखेर अनुसन्धानको थालनी गरेको थियोे ।
बुढ्थापाको मृत्युको सम्बन्धमा तत्कालीन नेपाल सरकार गृहमन्त्रालयका सहसचीव गोपाल प्रसाद अर्यालको नेतृत्वमा ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन भएको थियो । समिति जुम्लामा आयर २०७५ भदौ २१ गतेदेखि २९ गतेसम्म घटनाको बस्तुगत तथा स्थलगत अनुसन्धान गरेको थियोे ।
साथै मृतकका घरपरिवार, राजनीतिक दल, नागरिक समाज, स्थानीय पत्रकारहरुसङ्ग तत् बिषयमा अन्तरक्रिया समेत गरेको थियो । सरोकारवाला अधिकारी र प्रतिस्ठानका शवपरिक्षण गर्ने चिकित्सक हरुको समुहसंग समेत राय लिएको थियो । घटनांसंग सम्बद्ध तमाम मानिस र सनलाईट होटेल वरिपरि रहेका छिमेकीहरुसंग घटनाको बारेमा ब्यापक सोधपुछ तथा बुझ्ने काम गरेको थियो । यो बिषय समेत समितिको प्रतिबेदनमा स्पष्ट रूपमा उल्लेख रहेको छ ।
समितिले अनुसन्धानको सबै स्वच्छ बिधि–प्रक्रिया पुरा गरेर ०७५ भदौँ २९ गते जिल्ला प्रशासन कार्यलयमा स्थानीय पत्रकार सम्मेलनको आयोजना गरेर;बुढ्थापाको मृत्युको कारण मोटर साईकल दुर्घटना रहेको भन्ने प्रारम्भिक प्रतिबेदनमा उल्लेख थियो । अनुसन्धानको लागि (पुर्पक्ष) थुनामा रहेका खड्गजित रोकाया र एङ्गल लामालाई जिल्ला अदालत जुम्लाले २०७७ मंसिर २१ गते गरेको फैसलाले जन्मकैद (२०) बर्ष सजाय तोकेको थियो ।

सम्बन्धित शीर्षक