पातारासी ६ मा ११ सदस्यीय विपद व्यवस्थापन समिति गठन

विपद व्यवस्थापन समिति व्यवस्थापन ऐन २०७४ को प्रावधान अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ मा विपद व्यवस्थापन समिति गठन गरिएको छ। वडा नम्बर ६ को वडा अध्यक्ष कर्म बहादुर बिष्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।

एघार सदस्यीय समितिमा वडा अध्यक्ष कर्म बहादुर बिष्ट संयोजक र वडा सचिव लंक बहादुर थापा सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो। सदस्यहरुमा सुकु सुनार ,चुटुकला महतारा,सिंह बहादुर बिष्ट,प्रेम बिष्ट,कृष्ण बुढा, भुवन सिंह बुढा, भिम बहादुर थापा र कृष्णमान बिष्ट रहेका छन।विपद जतिबेला पनि आउन सक्ने भएकाले विपदले निम्त्याउने जोखिम कम गर्नको लागी पूर्वतयारी स्वरुप समिति गठन गरिएको पेश नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले बताउनु भयो।


यस्तै पातारासी गाउँपालिकाको वडा नम्बर ६मा रहेको विपद व्यवस्थापन समितिलाई क्षमता विकास तालिम आयोजनाको लागी पालिकालाई आर्थिक व्यवस्थाको माग गरिने वडा अध्यक्ष एवम विपद व्यवस्थापन समितिका संयोजक बिष्टले जनाकारी दिनु भयो। साथै पूर्व तयारीको लागी सामाग्री उपलव्ध गर्न पालिकालाई माग गरिने बिष्टको भनाई छ।
साथै कारितास जर्मन ,कारितास नेपाल र पेश नेपाल जुम्लाको साझेदारीमा एकिकृत खाद्य सुरक्षा विपद जोखिम न्यूनिकरण जलबायू परिवर्तन अनुकलन परियोजन अन्र्तगत पातारासी गाउँपालिका वडा नम्बर ६ का वडापालिकामा रेहका विपद कार्यदलका सदस्य र विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई क्षमता विकास तालिम प्रदान गरिएको भट्टको भनाई छ।
विपद परेको बेला नितान्त प्रतिकार्य र पूर्वतयारीका लागी क्षेमता विकास लालिम संचालन गरिएको हो। उक्त तालिममा विपद व्यवस्थापनका सवालमा नीतिगत छलफल गरिएको उहाँको भनाई छ।
साथै विपद व्यवस्थापन सम्बन्धी पातारासी गाउँपालिकाको विपद प्रतिकार्य योजना बनाउने सवालमा बनाको छकी छैन, स्थानिय विपद तथा जलवायु उत्थानशिल योजनाहरु बनाको छकि छैन, सुरक्षित संरचना निर्माणका लागी त्यस खालको कार्यविधि बनेका छन कि छैनन यदि बेनेका छैनन् भने ति खालका कार्यविधि बनाउनको लागी पेश नेपालले प्राबिधिक सहयोग सर्मथन गर्ने गरेको पेश नेपाल जुम्लाका परियोजना प्रमुख भट्टले बताउनु भयो।

सम्बन्धित शीर्षक