पातारासी गाउँपालिकाले बाईस सय घरको स्वास्थ्य जिवन बिमा गर्दै

पातारासी गाउँपालिकाले बाईस सय घरको स्वास्थ्य जिवन बिमा गर्दै
प्रेम बिष्ट ,माघ २७
३३ सय घरधुरी संख्या रहेको पातारासी गाउँपालिकाले २२ सय घरधुरीको स्वास्थ्य जिवन विमा गर्ने भएको छ। पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायले भन्नु भयो स्वास्थ्य जिवन बिमा कार्यक्रम गर्ने भनेर पालिकाले निर्णय गरेको थियो र उक्त निर्णयलाई १० औ गाउँसभाले पारित समेत गरिसकेको छ।
उहाँले भन्नु भयो उपाध्यक्ष कोषबाट १५ लाख, अध्यक्ष कोषबाट २० लाख र बाकी ३५ लाख पालिकाको गरेर यो आर्थिक बर्षमा २२ सय घरको स्वास्थ्य जिवन बिमा पालिकाले गर्ने छ। उहाँले भन्नु भयो “पातारासी गाउँपालिका शिक्षा, स्वास्थ्य लगायत बिभिन्न क्षेत्रमा पछि परेकोले पालिकामा बजेट पनि प्राप्त मात्रमा आएको छैन।” त्यसैले शिक्षा क्षेत्रलाई अगाढी बढाउनको लागी एमबिबिएस र प्राबिधिक शिक्षा तर्फ स्नातक गरीरहेका बिद्र्याथीलाई छात्रबृति दिने निर्णय गरीएको उपाध्यक्ष रोकायले बताउनु भयो।
उपाध्यक्ष रोकायले भन्नु भयो पालिकाले एक जनालाई बार्षिक सात लाख सहित पाँच बर्षमा ३५ लाख दिने गरि एमबीबीएस डाक्टर पढाईरहेको छ ।यस्तै स्वास्थ्यको पहुचमा पालिकालाई ल्याउनको लागी स्वास्थ्य जिवन बिमा कार्यक्रम पालिकाले अगाढी बढाएको हो उपाध्यक्ष रोकायले भन्नु भयो। यो बर्ष २२ सय घरको पालिकाले बिमा गर्दिने र आगामी बर्ष बाट आफैले नविकरण गनु पर्ने छ।
थोरै रकमबाट ठुलो लाभ लिन सकिने र एक प्रकारको उनीहरुमा सिस्टम बसाल्ने उदस्यले पालिकाले विमा कार्यक्रमलाई अगाडी बढाएको अध्यक्ष पूर्णसिङ बोहोराले बताउनु भयो।। यस्तै पातारासी गाउँपालिकालाई स्वास्थ्य,शिक्षा र रोजगार तर्फ अग्रसर बनाउन आफु कटिबद्ध भएर लागी पर्ने उहाँको भनाई छ। पातारासीलाई सम्बृद्ध र सुशासनयूक्त पालिका बनाउने आफनो लक्ष रहेको अध्यक्ष बोहोराको भनाई छ।
यस्तै स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य जिवन विमा कार्यक्रमलाई अगाडी बढाईएको स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाले बताउनु भयो। उहाँले भन्नु भयो जम्मा ३३ सय घरधुरी संख्या रहेकोमा ११ सय घधुुरीले अगाडी नै स्वास्थ्य जिवन विमा गरिसकेका रहेछन अब बाकी २२ सय घरधुरीको पालिकाले गर्नेछ। रातो कार्ड वाला, जेष्ठ नागरीक, अपाङगता भएका व्यक्तिहरु र अरु आफैले गरेर यस अघि नै ११ सयको स्वास्थ्य जिवन बिमा भएकोमा बाकी २२ सयको यस आर्थिक बर्षमा पालिकाले बिमा गर्ने बुढथापाको भनाई छ। प्रमुख बुढथापाका अनुसार बिमा गर्नको लागी तथ्याङक संकलनको काम भईरहेको छ।

 

सम्बन्धित शीर्षक