प्रेम बिष्ट , माघ २४ २०७९
वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा जिल्लाका ५५ जना कृषकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ। एकीकृत पोषण तथा उत्थानसिल जीविको पार्जन ल्च्ी परियोजना अन्तर्गत जुम्लाका किसानलाई एकदिने अभिमुखीकरण तालिम दिइएको हो ।पाँच स्थानिय तहका ५५ जना कृषकहरुलाई कृषि सामाग्री उपयोग तथा प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको हो।
सोमबार पातारासीका १४,तातोपानीका ९ र तिलाका ४ जना गरेर जम्मा २७ जनालाई सामाग्री प्रयोग सम्बन्धी तालिम दिइएको किर्डाक नेपालका फिल्ड अफिसर सरु महतले जानकारी दिनु भयो। यस्तै मंगलबार चन्दननाथ र गुठिचौरका जम्मा २८ जना कृषकलाई तालिम दिईएको उहाँको भनाई छ।
कृषि र पसुपालन खाद्य प्रणालीमा सुदृढिकरणका लागि परिवार बाधा पहिचान गर्न तालिम र सामग्री सहयोग मार्फत घरेलु स्तरको जीविकोपार्जनका लागि जोखीमा परेका परिवारहरुको अवरोधहरु सम्बोधन गर्ने तालिमको मुख्य उद्देश्य रहेको महतको भनाई छ। यस्तै एक दिने अभिमुखीकरण तालिममा कृषि सामाग्रीको प्रयोग कसरी गर्ने भन्ने बारे सिकाइएको अफिसर महतले बताउनु भयो।
उक्त तालिममा प्रत्यक्ष सामाग्री ल्याएर प्रयोग कसरी गर्ने भन्ने बारे सिकाइएको किर्डाक नेपाल जुम्लाका फिल्ड अधिकृत श्रीबहादुर भण्डारीले जानकारि दिनुभयो । उहाँका अनुसार पहिलो पटक सामान नै ल्याएर प्रयोग कसरी गर्ने भनेर कृषकहरुलाई सिकाइएको हो। फिल्ड अधिकृत भण्डारीले प्रति व्यत्ति १४ हजार २८ रुपैया बराबरको सामान बितरण गरिएको जानकारी दिनु भयो।
तालिममा सहभागी ५५ जनालाई १२ वाइ ६ को एक थान ग्रीन हाउस ६ हजार ५ सय ५४ रुपैया बराबरको, हजारि २ थान ५ सय ६५, त्रिपाल १ थान १ हजार ५ सय ३ रुपैया, क्यारेड २ थान १ हाजर ७ सय ६ रूपैयाँ, पाईप २ थान २ हजार १ सय १८ रुपैया, कोदालो २ पिस १ हजार ५ सय ८२ रुपैया गरेर प्रति व्यक्ति १४ हजार २८ रुपैया बराबरको सामान ५५ जना कृषहरुलाई बितरण गरिएको हो। जम्मा ७ लाख ७१ हजार ५ सय ४० रुपैयाँ बराबरको सामग्री वितरण गरिएको फिल्ड अधिकृत भण्डारीले जानकारी दिनु भयो।
यस्तै उक्त तालिमको सहजिकरण प्रशिक्षक चन्दननाथ नगरपालिका वडा नम्बर सातका जनक बहादुर महतले गर्नु भएको थियो। उहाँले ग्रीन हाउस निर्माण गर्ने तरिका लगायत अन्य कृषि औजार प्रयोग गर्ने तरिकाको बारेमा तालिममा सहभागी भएका किसानलाई सिकाउनु भएको थियो।
ग्रीन हाउसले बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा सहयोग पुग्ने हुदा निर्माण गर्दा किसानले बिशेष ध्यान दिनु पर्ने प्रशिक्षक महतको भनाई छ। ग्रीन हाउस निर्माण गर्दा रामा्रे ठाउँको छनोट गर्नु पर्ने, सिचाईको सेवा सुबिधा भएको हुनु पर्ने, कृषि सामाग्री निर्यात गर्न यातायातको पहुच भएको हुनु पर्ने, माटोको रामा्रेसंग परिक्षण गर्नु पर्ने र गी्रन हाउसको ढोका पुर्व तिर नभएको हुनु पर्ने बताउनु भयो।ग्रीन हाउसको लेआउट गर्दा लम्बाई १० मिटर र चौडाई ५ मिटर जतिको हुदा उपयूक्त हुने र उचाई आवस्यक अनुसार राख्न सकिने प्रशिक्षक महतले बताउनु भयो। यस्तै बेर्ना उत्पादनको लागी व्याड निर्माण गर्दा १ –१.५ मिटरको चौडाई र आबस्यक लम्बाई राख्न सकिने महतले बताउनु भयो।
यस्तै फिल्ड परिचालक अजित थापाले तालिम मार्फत कृषकको क्षमता अभिवृद्धि गर्ने तथा कृषि जन्य सामाग्रीको उत्पादन बढाई न्यून आर्थिक भएका किसानको जीविकोपार्जनमा टेवा पुराउने उदेश्य रहेको बताउनु भयो। उक्त तालिममा सहभागी पातारासी गाउँपालिका वडा नम्बर ६ की कुसुमा बिष्टले तालिमबाट धेरै कुरा सिकेको र दिएको सामाग्रीलाई सहि सदुपयोग गरी तरकारी तथा फलफुल उत्पादन गर्दै आर्थिक अवस्था सुदृढ गर्ने बताउनु भयो।