लामो समयपछिको हिमपातले किसान खुसी

प्रेम बिष्ट, माघ १०, २०७९
हिमाली जिल्ला जुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो समयको प्रतीक्षपछि हिमपात भएको छ।यस प्रदेशका अन्य जिल्लामा हिमपात यस अगी नै भएता पनि जुम्लामा भने यो बर्षको पहिलो हिमपात हो। मंगलबार बिहानबाट हिउँ पर्न थालेको छ। हिउँ कुरिरहेका जुम्लाका किसान भने निकै नै खुसी भएका छन।
यो भन्दा अगाडीका बर्षहरुमा मंसिर, पुषमै हिउ पर्ने गरेता पनि यो बर्ष यहिले सम्म हिउँ पर्न सकेको थिएन। हिउँ नपर्दा किसानले लगाएका हिउदे बाली गहँु, जौ,लगायत बालीनाली सुक्दै गएपछि किसान चिन्तित थिए। तर लामो समयको प्रतिक्षापछि हिउँ परेपछि किसान निकै नै उत्साहित छन।

पातारासी ६ का स्याउ किसान खड्क बुर्र्र्र्ढा हिउँ परे पछि निकै खुसी भएको बताउँछन”। हिउदे बालीनाली लगात स्याउ व्यवस्थापनमा यो हिउले किसानाई राहत हुने बुढाको भनाई छ।पातारासी ६ का भेडा पालक धनमुनी बिष्टले धेरै दिन सम्म हिउँ परेमा समस्या हुने बताए। यता बाली सुक्ने र उत्पादन खट्न सक्ने भन्दै चिन्तामा बसेका किसानलाई यो हिउँले उत्पादन बृद्धिमा राहत पुग्ने कृषि विकास कार्यलय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए।

यस्तैै हिमपात भएपछि जुम्लामा अत्याधिक चिसो बढेको छ। चिसोले जुम्ला बासीको जनजीवन प्रभावित भएको छ। बालबालीका,दिर्घरागी,बृद्धबृद्धाको स्वास्थ्यमा समस्या आउन सक्ने हुदा स्वास्थ्यको बिशेष ख्याल राख्न कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजिव शाहले आग्रह गर्नु भएको छ।
उहाँले चिसोबाट बच्न गेडागुडीको झोल खान,बाख्लो र न्यानो हुने कपडा लगाउन र अत्याश्क काम बाहेक घर बाहिर ननिस्कन सुझाव दिनु भएको छ। हिमपातले कर्णालीका हिमालि जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ

सम्बन्धित शीर्षक