कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने (पूर्णिमा) निर्वाचित हुनुभएको छ ।सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकको कारवाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभयो । प्रदेशसभामा रहेका ४० जना सदस्यहरुमा बैठकमा उपस्थित ३८ सदस्यहरु मध्ये न्यौपानेको पक्षमा २४ मत खसेसँगै सभामुख गुरुङले बहुमतले निर्वाचित भएको घोषणा गर्नुभयो ।त्यस्तै, नेपाली काँगे्रसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ जनाको मत परेको थियो । स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही तटस्थ रहनुभयो । न्यौपानेलाई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्ण जिसीको प्रस्ताव र एमालेका प्रदेशसभा सदस्य विनोद शाहको समर्थन रहेको थियो । त्यस्तै, नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाही प्रस्तावक र प्रदेशसभा सदस्य जानकी सिंह समर्थक रहेर इन्द्राकुमारी शाहीले उपभसभामुखमा उम्मेदवारी दिनुभएको थियो ।नेकपा (माओवादी केन्द्र) कालीकोटबाट समानुपातिकमा निर्वाचित उपसभामुख न्यौपानेले बटालियन कमिसार हुँदै अहिले पार्टीको केन्द्रीय सदस्य रहनुभएको छ । अर्को बैठक माघ ६ गते दिउसो १ः०० बजे बस्ने सभामुख गुरुङले जानकारी दिनुभयो ।