बाढी,पहिरो वितण्डा ः बेखबर बन्दै घरआँगनको स्थानिय सरकार

जुम्ला  ः विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले ठुलो धनजनको क्षति पु¥याएको छ । कयौं घर परिवार विस्थापित भएका छन् । भने कतिपएले ज्यान समेत गुमाएका छन् ।

त्यसमा जुम्ला पनि अछुत रहन सकेन । पहिरोमा परेर जुम्लामा ९ जनाले ज्यान गुमाए । भने,बाढी पहिरो बाट जुम्लाका ८६ घर परिवार विस्थापित र २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरीएको छ ।

अन्य ठाउँमा वडा र स्थनिय सरकार यतिबेला राहत र उद्धारमा जुटेका छन् । यता जुम्लाको तिला गाउँपालिका भने कानमा तेल हालेर बसेको छ । राहत त परको कुरा हो । आज सम्म पनि कहाँ कति क्षति भयो भनेर अनुगमननै गर्न नआएको बाडीपीडित नौसेर रावतले गुनासो गर्नु भयो ।

यता तिला गाउाँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जंग रोकायाले अविरल बर्षका कारण विभिन्न ठाउँहरुमा क्षति पु¥याएको सूचना आदानप्रदान नहुदा के कति क्षति भयो भन्ने एकिन हुन नसकेको र वडामा भने हाल सम्म मनवीय क्षति भने नभएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारि दिएका छन्।

 

यता जनता डुबान र पहिरोमा परेर हारगुहार गरिरहेका बेला स्थानिय सरकार बेखबर बनेको बाडीपीडित बताउँछन् । तिलामा रहेका  ६, ७ , ८ र ९ मा पर्ने गाउँमा अधिकांश विद्युत, काठे पुल,खाने पानिको मुहान र दर्जनौं पानि घट्ट र भित्र्यानै लागेको अन्न वाली कतै डुबानमा परेका छन् भने कही पहिरोले पुरेको छ ।

यस तर्फ सम्वन्धित निकायले क्षेतिको एकिन विवरण तयार गरि छिटो भन्दा छिटो राहतकोे पहल गरिदिन बाडीपीडितहरुले आग्रह गरेका छन् । खेतियोग्य जमिन डुबान र पहिरोले पुरिँदा किसान चिन्तित बनेका छन् ।

सम्बन्धित शीर्षक