राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै पनि पाटी र नेता बिरुद्ध नभएको दाबि गरेका छन। आफनो उम्मेदवारी केन्द्रका टाउकेहरुका बिरुद्ध भएको शाहीको भनाई छ। शाहीले भने “एक पटक जुम्ली छोराले देशको नेतृत्व गर्नु पर्छ अब त्यो पालोे आएको छ,त्यसैले मलै संघिय चुनावमा आफनो उमेदवारी जुम्लाबाट घोषण गरेको हु”।
उनले भने जुम्लाले पनि एक पटक प्रधानमन्त्री र अर्थमन्त्री भएर राष्ट्रको नेतृत्व गर्नुपर्न पाउनु पर्छ। उनले ज्ञानेन्द्र शाही जिताउ अभियानले आयोजना गरेको वडा दशै तथा शुभ दिपावली तथा छठ पर्वको अबसरमा बोल्दै जुम्लाले अदन सिंह कठायत, हरि चन्द्र महत, मानव सेजुवाल जस्ता ईमन्दार नेता जुम्लाले जन्माएको बताए।
यस्तै उनले एक पटक जुम्लाले आफनो क्षमतालाई र आफनो इमानदारिताको पहिचान गरि जुम्लाले केन्द्रमा पठाउने विस्वास व्यक्त गरे। केन्द्रमा जुम्ला भन्ने बित्तिकै होचाएर बोल्ने प्रवृति रहेकोले अब त्योस गर्न नदिने दाबि गरे। ज्ुाम्लाले देउसी भैलो, मष्टो संस्कृति, मानव सभ्यताको उत्पत्ति गराएको शाहीको भनाई छ।
जसले नेपाललाई विस्व भर चिनाउन मद्धत गरेको छ। तर पनि जुम्लालाई राज्यले नै हपेको छ अब जुम्लाले जुम्लेली भनेर गर्व गर्न र सिर ठाडो पार्न सक्ने बातावरण आफुले सिर्जना गर्र्ने उनको भनाई छ। जुम्ली छोरो ज्ञानेन्द्र शाहीले जुम्लाबाट जितेर जुम्लाको नेतृत्व गरेर जुम्ली बासिको आवाज बन्ने ,जुम्ली हु भनी गर्व गर्न लाएकको जुम्ला बनाउने उनले बताए।
यस्तै उनका अनुसार जुम्ला नेपाली खस भाषाको जन्म थलो हो जुम्लालाई राष्ट्रले सम्मान गर्नु पर्ने हो तर जुम्लाको नेतृत्व कमजोर भईदिदा जुम्लालाई हेपिएको छ। अब त्यसो हुन नदिने शाहीको भनाई छ। यस्तै राष्टिय प्रजातन्त्र पाटीका प्रबक्ता शाहीले जिल्लामा उत्पादित अर्गाणिक बस्तुलाई देशका विभिन्न सहरमा पुर्याउनु भन्दा पनि जुम्लामै आएर खरिद गर्न सक्ने वातवरण बनाउने बताए।