आज जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई जेष्ठ नागरीक संघ जुम्लाले स्वागत तथा सम्मान गरेको छ।
भखैरै मात्र जुम्लामा सरुवा भएर आउनु भएका प्र जिअ केशरीलाई जेष्ठ नागरीक संघले सम्मान गरेको अध्यक्ष तिर्थराज भारतीले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी केशरीले जेष्ठ नागरीका हक हितका लागी सम्बन्धित निकायसंग समन्वय गरेर अगाढी बढ्ने आशा राखेको बताउनु भयो।यस्तै सवागत मन्तव्य राख्दै जेष्ठ नागरीक संघका आजिबन सदस्य सर्पानन्द हमालले सरकारले जेष्ठ नागरीकलाई दिएको सेवासुबिधालाई जिल्ला प्रसासन कार्यलयले उपलब्ध गराउनमा सहजिकरण गरिदिने आसा राखेको बताउनु भयो।
यस्तै हमालले यातायाता,स्वास्थ्य सेवा लगायतका सेवाहरुमा जेष्ठ नागरीकहरुले सजिलै ढङगले प्रत्याभुति गर्न पाउने गरी प्रसासनले कडाईका साथ लिई दिन हुन अनुरोध गर्नु भयो।केशरीले जेष्ठ नागरीक भेनेका विचार र अनुभबका धनि भएकाले सधै आफुले जेष्ठ नागरीकलाई सम्मान गर्ने बताउनु भयो।
यस्तै संबिधानले तोके बमोजिम सेवा सुविधा दिन सेके मात्रै जेष्ठ नागरीकलाई प्रायाप्त हुने प्रजिअ केशरीको भनाई छ।उहाँले जेष्ठ नागरीकको हकहितको लागी सधै प्रतिबद्ध रहने बताउनु भयो।