प्रकाशको प्रिमियर शो तिर्खुमा,७५ प्रतिशत लगानी सुरक्षित

नेपाली कथानक चलचित्र ‘प्रकाश’को प्रिमियर शो जुम्लाको पातारासीको तिर्खु गाउँमा गरिने भएको छ । आगामी शुक्रबार अर्थात भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो आज जुम्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो ।झण्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र बैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाँकन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदिप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेका छन् ।चलचित्र प्रकाश प्रर्दशनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झण्डै २ करोड ५० लाख बजेट लगानी भएको छ ।कथा लेखक सुबेदीले भने,“चलचित्र,भारत,अमेरिका,जापान,अष्टे«लिया लगायतका दर्जनौ देशमा एकैसाथ प्रर्दशन हुदैछ । गित,टेर्लरबाट राम्रो प्रतिक्रिया आएको छ । हाल सम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौ ।”साथै अष्टे«लियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।आईतबार पत्रकार भेटघाटमा नायक प्रदिप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन थालेको बताए । उनले भने,“अक्सर चलचित्रको वल्र्ड प्रिमियर शो काठमान्डौका महंगा हलहरूमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बिच गर्ने चलन छ । तर जुम्लाकै परिबेश समेटीइको फिल्म भएकोले प्रकाशको वल्र्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौ ।”जुम्लाको एक यूवाले शिक्षक बन्न गरेको संघर्ष,हुदाँ खाने र हुने खाने बीचको भेदभाव,जुम्ली भाषा साहित्य संस्कृती तथा रहन सहनको संरक्षण प्रर्बद्धनको विषयले चलचित्रले जोड दिएको लेकख विकास सुवेदीले बताए । उनका अनुसार जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँमा वल्र्ड प्रिमियर गरिएको हो ।राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओजेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन,बिम्बात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् भने,राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । साथै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार,धनराज सुनार,पुर्ण प्रसाद चौलागाई,राजकली महत लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

 

सम्बन्धित शीर्षक