मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने घाइते भएका चालकको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ। सुर्खेतदेखि मुगु गमगढीतर्फ जादै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु र जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र अन्दाजि २७ बर्षिया चालक दल बुढाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाको प्रहरी निरीक्षक भुबन भट्टले बताउनु भयो। । यस्तै कनकासुन्दरी तिनका अन्दाजी ३८ बर्षिया नरबहादुर बुढा र बर्ष नौकि कमला बुढा सामान्य घाईते भएका छन। उनिहरु दुबै जनाको घुडामा चोट लागेको र दुबैको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको प्रहरी निरीक्षक भट्टको भनाई छ। मृतक दीपक तिरुवा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–२ तलितुम तिरुवाबाडा गाउँका रहेको बताइएको छ भने अर्का मृतक जिब चालक दल बहादुर बुढा जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा १ का रहेको बताइएको छ । बुलबुलेबाट मुगुतर्फ हिडिसकेको जिप मोबाइल छुटको भन्दै फिर्ता भएको र जिप चालकले जिपलाई न्युटलमा राखि मोबाइल ल्याउन जान खोज्दा जिप अनियन्त्रित भई गुडेको हुन सक्ने प्रहरीको अनुमान छ। जिप गुड्न थाले पछि मृतक तिरुवाले हाम फाल्दा घटना स्थलमै ज्यान गएको हुन सक्ने र चालकले गाडिलाई रोक्न खोज्दा दुर्घटना भइ घाईते भएको र उपचारको क्रममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको प्रनी भट्टले बताउनु भएको छ। मोबाईल चालकको हुन सक्ने प्रहरीको अनुमान छ। एकिन कारण अझै नखुलेको र जिल्लाबाट प्रहरीका टोली गई जाँचबुझ गरीरहेको प्रनी भट्टको भनाई छ।
