इन्डियाको चमौलीबाट हराएका जुम्ला तातोपानि ६ का न्यौपाने अझै भेटिएनन्

इन्डियाको चमौलीबाट हराएका जुम्ला तातोपानि ६ का न्यौपाने अझै भेटिएनन्
तातोपानी ६ का लक्ष्मि चन्द न्यौपानका छोरा ३१ बर्षिया पदम राज न्यौपाने हराएको एक महिना पुगि सक्दा पनि भेटिएका छैनन्। कामको सिलसिलामा भारतको चमौली पुगेका ३१ बर्षिया पदम राज न्यौपाने एक महिना देखी घरपरिवारको सम्पर्कमा आएका छैनन्। न्यौपानेका भाई जक्ती राज न्यौपानेले २०७९ असार सात गतेबाट उनका दाई पदमराज न्यौपाने सम्पर्कमा नआएको जाकारी गराएका छन। असार सात गते मंगलबार ५ बजे नेपाल आउछु भनि हिडेका न्यौपाने दिउसो एक बजे भारतको तिनधारा पुगेको छु भनि श्रीमती रामु न्यौपानेलाई सम्पर्क गरे पश्चात सम्र्पक बिहिन भएका हुन। जिल्ला प्रहरी कार्यलय जुम्लामा फोटो सहित निबेदन पेश गरेको २० दिन पुगि सक्दा पनि अझै भेटिएका छैनन। जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रसह ललित कुमार गुरुङले हराएका न्यौपानेको खोजि कार्य भई रहेको जानकारी गराउनु भएको छ। यस्तै अहिले उनको घरपरिवारले ईन्डियामै गएर खोजि गरीरहेका छन। यदी कसैले फेला पारेमा ७२१७५६२५६८ वा ९८६९६६४९५९ वा ९८६८९३५२४३ मा सम्पर्क गरीदिन भाई जग्क्ती राज न्यौपानेले अनुरोध गरेका छन।

सम्बन्धित शीर्षक