जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७८÷०७९मा २२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय जुम्लाले अवैध रुपमा पार्किङ गर्ने,सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु राख्ने,बिलबुक, लाईसेन्स नभएका मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लगायतकार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी साहेक हवलदार पवन कुमार शाहिका अनुसार आर्थिक वर्ष २०७८÷०७९मा कारवाही गरिएका सवारी साधन मध्य २ सय ३३ ट्रकबाट १ लाख ९५ हजार ५०० सय, दुई सय ३४ वटा बस तथा मिनीबसबाट १ लाख ९५ हजार ५ सय , ३ सय ५२ वटा कार तथा जिपबाट ३ लाख ४० हजार राजस्व सङ्कलन गरिएको छ । यस्तै १ सय ९१ ट्याक्टरबाट १ लाख ८७ हजार तथा ९ सय ६५ मोटरसाइकलबाट ८ लाख ९३ हजार रकम सङ्कलन भएको छ भने ५ सय ४२ टेम्पो र अटो बाट ४ लाख ८९ हजार राजस्व संकलन गरीएको छ। । अघिल्लो आर्थिक बर्षमा करिब १३ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक बर्ष २०७८⁄७९ मा भने २२ लाख ८२ हजार रकम रावस्व जिल्ला ट्राफिक कार्यलय जुम्लाले जिल्लाले संकलन गरेको छ। जम्मा २५१५ सवारी साधनबाट २२ लाख ८२ हजार राजस्व संकालन गरीएको जिल्ला ट्राफिक कार्यलय जुम्लाले जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको राजस्व रकम लगभग दोबरले बृद्धि भएको शाहिको भनाइ छ । राजस्व दोबरले बृद्धि हुनुको कारण भने सवारी साधनको सङख्यामा पनि बृद्धि हुनु रहेको जिल्ला ट्राफिक कार्यलय जुम्लाका प्रसह पवन कुमार शाहिको भनाई छ।