जुम्लाको बागजाले पाटनमा परेको चट्याङमा परी ८० भेडा मरे ३०० हराए

२०७९ असार १८
प्रेम बिष्ट
जुम्ला
शुक्रबार दिउसो तिन बजे जुम्लाको पातारासिको बागजाले पाटनमा परेको चट्याङमा परी ३८० भेडाको बथानमा ८० भेडा मरेका छन। यस्तै बागजालेमा भिर भएको कारण ३०० भन्दा बढि भेडा अझै नभेटिएको प्रहरी चौकी डिल्लिचौरका प्रमुख बुदि साउदले बताउनु भएको छ। प्रहरी चौकी डिल्लिचौरका प्रमुख साउदका अनुसार जोरा रोकायाका ६० भेडा भएकोमा १८ भेडा मरेका छन भने ४२ अझै भेटिएका छैनन , राम बहादुर रेउलेका १७० भेडा मध्य २२ मरेका छन भने १४८ भेडा भेटिएका छैनन। यस्तै संकर नेपालिका २० भेडामा १० मरेका छन भने १० भेटिएका छैनन, धर्म रेउलेका ६० भेडा मध्य २० मरेका छन भने ४० भेटिएका छैनन र मान बहादुर रोकायका ७० भेडा भएकोमा१० मरेका छन भने ६० हराएको साउदले बताउनु भयो।

सम्बन्धित शीर्षक