तातोपानीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन् । उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई हराउँदै विजय भएका हुन् ।

चौलागाईंले २ हजार ३ सय २० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् । एमालेका सुरतबहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी रेवती रावल विजय भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन । उनको निकटम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरिन ।

तातोपानीमा २०७४को निर्वाचनमा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिइन् ।

सम्बन्धित शीर्षक