कांग्रेस प्रदेश सभापति शाहीको वडामा माओवादीका कार्की विजय

जुम्ला  — नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका सभापति ललितजंग शाहीको वडामा नेकपा माओवादी केन्द्रले जितेको छ । चन्दननाथ ५ को वडाध्यक्षमा माओवादीका उम्मेदवार बिर्ख कार्कीले जितेका हुन् । यो वडामा लामो समयदेखि कांग्रेसले जित्दै आएको थियो । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ पनि यही वडाका हुन् ।

नवनिर्वाचित वडाध्यक्ष कार्कीले १ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार १४९ मत प्राप्त गरेका छन् । वडा सदस्यमा माओवादीकी लक्ष्मी थापा श्रेष्ठ विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार हरिबहादुर भण्डारीले १८८, नेपाली कांग्रेसका नामग्याल तामाङ र दलित महिला सदस्यमा एकीकृत समाजवादीका काली सुनार विजयी भएका छन् । नामग्यालले १७३ मत र काली सुनारले १६७ मत प्राप्त गरेका थिए ।

सम्बन्धित शीर्षक