तिला गाउँपालिकामा मोतिलाल रोकाया दोब्बर मतले अग्रता

 

जुम्लाको तिला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाउँदै लगेका छन्। नेकपा माओवादी केन्द्रका मोतिलाल रोकायाले पाँच सय २४ मत पाउँदा नेपाली काँग्रेसका एकराज उपाध्यायले २ सय ८४ पाएका छन् ।

त्यस्तै एमालेका रेशमबहादुर शाहीले २ सय ५६ मत पाउँदा नेपाल मजदुर किसान पाटीका धनबहादुर रावतले २ मत पाएका छन्। उपाध्यक्षमा पनि माओवादी केन्द्रकि गोरीकला बुढाले ५ सय ५२ मत पाउँदा कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २ सय ८१ मत पाउँदा एमालेकी जुनमाया बोहोराले २सय ३९ मत पाएकी छन्।

सम्बन्धित शीर्षक