मैटहवा मतदान केन्द्र शान्तिपूर्ण रुपमा सम्पन्न, ३हजार १सय ५२ मत खस्यो

झरना वि.क
बिहान ७ वजे बाट शुरु भएको मैटहवा मतदान केन्द्रबाट मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ को जम्मा मतदाता संख्या ४०७९ रहेको मैटहवा केन्द्रबाट जम्मा मत ३१५२ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र पौडेलले जानकारी दिनु भयो।

उहाँका अनुसार पुरुष संख्या १३८९ र महिला संख्या १७ ६३ मत खसेको बताए ।

सम्बन्धित शीर्षक