जुम्लामा माटोको ढिस्कोले पुरिएर दुई बालबालिकाको मृत्यु

जुम्ला — जुम्लाको तिला गाउँपालिका २ डुण्डेलीमा माटोको ढिस्कोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको दुई बालबालिकाको बुधबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा वर्ष ३ का शिशिर बोहोरा र हिमेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

मृतक दुबै बालबालिकालाई पास्टमार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएएको छ । कान्तिपुर साभार

 

सम्बन्धित शीर्षक