तिला गाउँपालिका माओवादी केन्द्र अध्यक्ष पदका उम्मेदवार मोतिलाल रोकाया लगायत नेता कार्यकर्ता घरदैलो अभियानमा जुटेका छन् । आज तिला गाउँपालिका वडा नम्बर ८ पुरु गाउँ बाट नेता कार्यकर्ता चुनावी प्रचार प्रसारमा जुटेका हुन ।
नेकपा माओवादी केन्द्र सम्पूर्ण तिलामा पर्ने सबै कार्यकर्ता चुनावी प्रचारमा जुटेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न अध्यक्ष पदका उम्मेदवार रोकाया आज बाट लागि परेका छन् ।
जनताले एकपटक हामीलाई मौका दिनप¥यो भन्दै अध्यक्षका उम्मेदवार रोकायाले जनता समक्ष आग्रह गर्नु भयो । आफु लागायत आफ्ना पाटी बाट वडामा उठेका उम्मेद्धार लाइृ पनी विजय गराउन अनुरोध गर्नु भयो । चुनावी प्रचारप्रसार नेता कार्यकर्ता जुटिरहेको समेत चुनाव प्रचारप्रसार समितिले जानकारी गराएको छ ।