स्थानीयतहको निर्वाचन भयरहित बनाउने सर्वदलिय बैठकको निर्णय

यही बैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउन सुझाव दिइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आयोजना भएको सर्वदलिय बैठकमा निर्वाचनलाई निष्पक्ष,धाधलिरहित र पारदर्शी बनाउन सरोकारवालाले सुझाव दिएका हुन ।

निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ सबैले इमान्दारीपुर्वक पालना गर्न आग्रह गरिएको थियो । बैठकले मतादान केन्द्र आसपासमा मदिरा जन्य बस्तुमा पुर्णरुपमा निषेध गर्ने, चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र प्रशासन अगाडि निर्वाचन अवधिभर कुनै राजनीतिक दलको आमसभा कार्यक्रम,जुलुस नारा नगर्ने नगराउने निर्णय गरिएको हो ।

निर्वाचन अवधिभर सामाजिक संजालमा अफवाह, झुटा समाचार तथा सुचना फैलाउने, सामाजिक सदभावमा खलल पुर्‍याउने क्रियाकलाप नगराउने निर्वाचनलाई भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैले सहया्ग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन् ।

मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले प्रजातन्त्रको अभ्यास निर्वाचन भएकोले स्वच्छ,शान्तिपुर्ण र मर्यादित रुपमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । जिल्ला स्थित सबै राजनीतिक दल,नागरिक समाज पत्रकार र सुरक्षाकर्मीको अपरिहार्य आवश्यकता भएको बताए ।
संघीय सांसद गजेन्द्रबहादुर महत ९ कार्मा० ले निर्वाचन विधि पद्धति अनुसार सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा कर्णाली प्रदेश सांसद नरेश भण्डारीले विद्युतीय प्रणालीका माध्यमबाट निर्वाचन गराउनु पर्ने बताए । विश्वासनीयता निष्पक्ष विद्युतीय निर्वाचन अहिले आवश्यक रहेको बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताइन । अहिले जुम्लामा ३ वटा मतदान स्थल थपिएका छन । दुईवटा कनकासुन्दरीमा एक र गुठिचौर गाउ“पालिकामा एक स्थल थपिएका हुन ।
जुम्लामा ७९ वटा मतदानस्थल रहेका छन । १ सय २ वटा मतदान केन्द्र रहेका छन् । सबै मतदान स्थलगत अवलोकन गरिसकेको छ । प्रसाईले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउन जिल्ला सुरक्षा समिति संवेदनशिल बनेको बताइन् । हरेक निर्वाचन कार्यालयको सुरक्षाको लागि सशस्त्र प्रहरी खटिइसकेको छ । ४ सय ९६ जना कर्मचारी परिचालन हुनेछन । निर्वाचनलाई लक्षित गर्दै प्रविधि उन्मुख सुरक्षा रणनीति अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाई बताउ“छिन ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भइसकेको बताइन । जिल्ला निर्वाचन कार्यलय जुम्लाका प्रमुख महेश शर्माले जिल्लाभर ३ सय १६ पदमा निर्वाचन हुने बताए । जुम्लामा १ हजार ४ सय ६ जनाको उम्मेदवारी रहेको बताए । यस्तै ६७ हजार ७ सय ४४ जना मतदाता रहेको जानकारी दिए । बैठकमा जुम्ला स्थित सबै राजनीतिक दलका प्रमुख एंव प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

सम्बन्धित शीर्षक