तातोपानी ६ का वडाध्यक्षको उम्मेदवार चन्द्रलाल न्यौपाने को हुन् ?

लक्ष्मी न्यौपाने

यही बैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचन २०७९ मा जुम्लाको तातोपानी ६ को वडाध्यक्षमा एकीकृत समाजवादी पार्टीको तर्फबाट चन्द्रलाल न्यौपानेले उम्मेदवारी दिएका छन । उनी एकीकृत समाजवादी पार्टीको जिल्ला सचिवालय सदस्य हुन । उनले शिक्षा,स्वास्थ्य,रोजगार र कृषि क्षेत्रको प्रवद्र्धनको लागि आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिए ।

उनले भने,‘जनप्रनिनिधि सरकारहरु बीचको समन्वय कर्ता हुन । त्यही समन्वय गरेर वडाको समृद्धि ल्याउन र वडाबासीको आवश्यकता अनुसारको काम गर्न मेरो उम्मेदवारी छ । ’ २०३२ सालमा बुवा गंगाप्रसाद न्यौपाने र आमा दुर्गा न्यौपानेको कोखबाट जन्मिएका चन्द्रलाल सानै उमेर देखि जनसेवामा लाग्दै आएका थिए । निकै अनुशासित र मेहनती स्वभावका उनले जनताको भावनाको कदर गर्दै आइरहेका छन । उनी मेहनत गरेर मात्र सफल भइन्छ भन्ने मान्यता राख्दछन ।

गाउ“मा उनी जनप्रिय नेताका रुपमा परिचित छन । प्रवेशीका परिक्षा उतिर्ण गरेका न्यौपाने कर्णाली राजमार्ग सञ्चालन भएसंगै कर्णाली यातायात व्यवसायी संघको महासचिव बने । पछिल्लो समयमा सबै यातायात व्यवसायी संघ प्रालिमा दर्ता हुनु पर्ने प्राब्धान अनुरुप स्थापना भएको कर्णाली यातायात प्रालिका समेत महासचिव बने ।

यातायातको क्षेत्रमा उनले यात्रुको हितका लागि काम गरे । सहज यात्रा गर्न आवश्यक पर्ने सबै प्रक्रियाका बारेमा सुझाव दिने गरेका थिए । सानै उमेर देखि नेकपा एमालेमा लागेका चन्द्रलाल नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने । माओवादी र एमाले मिलेर बनेको नेकपाको समेत जिल्ला समिति सदस्य भए । अहिले एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको जिल्ला सचिवालय सदस्य हुन ।

जिल्ला तथा केन्द्रमा हुने सभा,सम्मेलनमा उनी जिल्ला प्रतिनिधिको रुपमा कैयौं पटक भाग लिएका थिए । उनको उम्मेदवारीले तातोपानी ६ का स्थानीय खुसी छन । सबै संग मिलनसार स्वभावका न्यौपाने सबैको प्यारो उम्मेदवार हुन । उनी मतदाताले रुचाएको उम्मेदवार भित्र पर्छन ।

वडाध्यक्षको उम्मेदवार न्यौपानले समृद्ध वडा र सुखारी वडाबासीको नारालाई साकार पार्ने प्रतिबद्धता जनाए । गाउँमा साना उद्योग स्थापना गरेर उद्यमशिलतामा जोड दिने,बढ्दो बेरोजगारीलाई मध्येनजर गर्दै रोजगार मुलक कार्यक्रम ल्याउन पहल गर्ने,महिला सशक्तीकरणका कार्यक्रम ल्याउने,खेल क्षेत्रको प्रवद्र्धन गर्दै खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउने देखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा नया“ कार्यक्रम तर्जुमा गर्ने उनले प्रतिबद्धता जनाएका छन ।

उनले वडाध्यक्षमा जिताउनको लागि अपिल गर्दै वास्तविक जनप्रतिनिधिको भुमिका निर्वाह गर्ने बताए ।

सम्बन्धित शीर्षक