कार्यकाल सकिन एक महिना अघि अध्यक्ष न्यौपानेले गाडि फिर्ता गरे

जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले प्रयोग गर्दै आएको गाडी गाउँपालिकालाई गाडि फिर्ता गर्नु भएको छ । पाँच वर्षे कार्यकाल सकिन करिब १ महिना बाँकि रहँदा अध्यक्ष न्यौपानले शुक्रबार पालिकालाई गाडी हस्तान्तरण गरेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताउनु भयो ।

उहाँका अनुसार अध्यक्ष न्यौपानेले उक्त गाडि विगत दुई वर्षदेखि प्रयोग गर्दै आउनु भएको थियो । शुक्रबार कार्यालयलाई गाडि बुझाउनु भएको हो । निर्वाचन आचार संहिता लागु भएकाले सरकारी प्लेट नम्बरको सवारी सार्वजनिक कार्यक्रममा लिएर जान नमिल्ने भएकाले सरकारको सम्पति सरकारलाई नै बुझाएको हुँ ।

नैतिकता र इमान्दार भएर मैले चढ्दै आएको गाडी बुझाएको हुँ अध्यक्ष न्यौपानेले बताउनु भयो । अबको एक महिना उक्त गाडि निर्वाचन प्रायोजनका लागि पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत बुढथापाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रबार अध्यक्ष न्यौपानेले कार्यालयमा गाडि बुझाउनु भएको र सो गाडि एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ ।

अध्यक्ष न्यौपानेका अनुसार अव करिब एक महिना छ । कार्यालयलाई बुझाउनु नैतिक दायित्व पनि हो । धेरै जसो सरकारि गाडिहरु निर्वाचनको मुखैमा पनि राजनीतिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन । त्यसैले पनि समयमै कार्यालयलाई फिर्ता गर्दा ठिकै होला जस्तो लागेर फिर्ता गरेको उहाँले बताउनु भयो ।

सम्बन्धित शीर्षक