जुम्लामा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता हुदैँ

लक्ष्मी न्यौपाने,
राष्ट्रिय लोकदोहारी प्रतिष्ठान जिल्ला शाखा जुम्लाले पहिलो पटक संस्कृति संरक्षणका लागि जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता गर्न लागेको छ । यही चैत २८ देखि ३० गते सम्म जुम्ला लोकदोहोरीमा झुम्ने भएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको हलमा पत्रकार सम्मेलनको आयोजना गरेर दोहोरीगीत प्रतियोगिताको बारेमा जानकारी दिइएको थियो ।
आयतित आधुनिक गीतका कारण रैथाने लोकदोहोरी संकटमा परेको छ । लोकदोहारी प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले भने,‘लोकदोहारीलाई समाजको प्रतिबिम्बको रुपमा स्थापित गर्न लोकदोहोरी प्रतियोगिता आयोजना हुन लागेको हो । ’ स्थानीय कलाकारले लोकदोहोरी मार्फत समाजमा फैलिएको विभिन्न विकृती विसंगतीको पर्दाफास गर्दै राम्रो कामको प्रवद्र्धनमा जोड दिने अध्यक्ष बुढ्थापाले बताए ।
जिल्लास्तरीय लोकदोहारी प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीयतहले सहयोग गरेका छन । राष्ट्रिय स्तरका कलाकारले स्थानीय कलाकारलाई हेयका दृष्टिले हेर्दै आएका छन । अब स्थानीयस्तरमा पनि राष्ट्रिय स्तरका कलाकार संग भिड्न सक्ने जनशक्ति उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान जुम्लाले जनाएको छ ।
कला र संस्कृति बचाउदै प्रतिभावान कलाकारको प्रतिभा बाहिर ल्याउनु प्रतिष्ठानको मुख्य लक्ष्य हो । उनले भने,‘ जुम्ला कला र संस्कृतिको धनि भनिरहदा कलाकारको क्षेत्रमा पनि अब्बल छ भन्ने प्रमाणित गर्न प्रयास भइरहेको छ । यो प्रयास सबैको सामुहिक हुनेछ । ’
कला र प्रतिभाको रुपमा जुम्ला अब्बल छ भन्ने देखाउनु पर्ने बेला आएको उनले बताए । अहिले सुर्खेत र दैलेख सम्मका कलाकार मात्र राष्ट्रिय कलाकार हुन भन्ने भ्रम छ । जति दुर्गम क्षेत्रमा पुग्यो । उति नै कला र प्रतिभावान व्यक्तिको बसोबास देखिन्छ । सबै प्रतिभा र कलाको उजागार गर्न यो दोहोरीगीत प्रतियोगिता एक सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका कार्यबहाक अध्यक्ष मानदत्त रावलले प्रतियोगिता सञ्चालन गर्नको लागि सहयोग गर्ने बताए । उनले दोहोरीगीत प्रतियोगिता सफलताको शुभकामना दिदै निर्णायक टीम बनाउ“दा संवेदनशिल हुन सुझाव दिए ।
नयाँ बर्षको अवसरमा हुन लागेको प्रतियोगितामा बिजेता टीमलाई शिल्ड सहित नगद रकम पुरस्कार दिने तयारी आयोजक दोहारीगीत प्रतिष्ठानले गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ,दोस्रोलाई १० हजार रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार रकम रहेको आयोजकले जनाएका छन । साथै दोहोरीगीत म्युजिक अवार्डले समेत कलाकारलाई सम्मान गर्नेछ ।
प्रतियोगितामा गीतका लागि १० वटा भाका छनौट गरिएको छ । जसमा दाते ओखर,गोर्खा मन कामना,सुपारी चाम्रो,हिमाल सेतै छ,बनको काँफल बनको चरीलाई,मायाले मार्यो,मायाजाल बुन्छु म,फुलको थुंगामा जस्ता भाका छनौट गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिए ।

सम्बन्धित शीर्षक