टुक्रे योजना विकासको बाधक ः मन्त्री रोकाया

लक्ष्मी न्यौपाने
जुम्ला ः कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले टुक्रे योजना विकासको बाधक भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना कार्यक्रममा उनले भने, ’कर्णालीको विकासको बाधक टुक्रे योजना हुन्।

जुनसुकै व्यक्ति, परिवार, समुदाय भए पनि देशको समृद्धिको लागि दीर्घकालीन योजना आवश्यक छ।’ मन्त्री रोकयाले खुसी नेपाल र समृद्ध नेपालीको नारा पूरा गर्न जुम्लालगायत समग्र कर्णाली विकासका लागि पत्रकारले कडा रूपमा कलम चलाउन अनुरोध गरे।एक दुइलाख जस्ता टुक्रे योजनाले उपभोक्ता समिति पालिने तर विकास दिगो नहुने उनले दाबी गरे।

यसको अन्त्य गर्नका लागि कर्णाली प्रदेश सरकार लागिपरेको उनले बताए। मन्त्री रोकायाले आफू जुम्लाबासी भएका नाताले यसअघिका अधुरा रहका विकास निर्माण काम गर्ने बताए। उनले आफ्नो कार्यकालमा नागमा गमगडी राजमार्गलाई प्रथामिकता साथ अगाडि बढाइने बताए। खानेपानी, सिँचाइ जस्ता बहुवर्षिय योजना कार्यान्वयन हुने दाबी गरे।

त्यस्तै, आवश्यकता अनुसार सडक, पुल, भवन र अन्य योजना उपलव्ध गराएको निजी सचिव अमर रोकायाले बताए। उनले भने कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्ड पिच गर्नका लागि १ अर्ब २० करोड बजेट व्यवस्थापन भएको छ। नाग्मदेखि गोठीजूलासम्म एक वर्षमा सडक पिच हुने बताउनु भयो ।

सम्बन्धित शीर्षक