जुम्लाका ३८ वर्षीय हरिमान कामी बिहीबार बिहान भेरी अस्पताल नेपालगञ्जको शौचालयबाट भागेका थिए । शौचालयबाट भागेको आधा घन्टाभित्रै प्रहरीले कामी लाई फेरि पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।
उहाँका अनुसार जबरजस्ती करणी र ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका कामीले बुधबार आफू बिरामी भएको बताउँदै आएपछि प्रहरीले बिहीबार बिहान साढे ८ बजेतिर भेरी अस्पताल पु¥याएको थियो । त्यसपछि अस्पताल पुगेपछि कामीले आफू शौच लागेको भन्दै शौचालय पसेका थिए ।
त्यहीक्रममा ‘ट्वाइलेटभित्र प्रवेश गरी चुकुल लगाएका कामीले ट्वाइलेटको पछाडिको जाली च्यातेर हाम फाली भागेका थिए,’ एसपी अधिकारीले भने, ‘भागेको आधा घन्टाभित्रै प्रहरीले कामीलाई बोर्डर क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो ।’
नेपाल–भारत सीमाना क्षेत्रको जंगलतर्फ प्रवेश गर्ने क्रममा उनी पक्राउ परेको एसपी अधिकारीले बताए ।