ओली कालिकोट नपुग्दै एमाले नेता शाही काँग्रेस प्रवेश

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली दौडाहमा छन् । काठमाडौंबाट सिँधै दैलेख पुगेका अध्यक्ष ओली त्यसपछि जुम्लाको सिँजा क्षेत्र पुगे । उनी सिँजामा आयोजित कार्यक्रमलाई सम्बन्धोन गरिरहँदा एमाले कालिकोटका पुराना नेता भने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

विप्लव नेतृत्व दल नेकपाका राज्य समिति सदस्य रामप्रसाद शर्मासहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश गराउन अध्यक्ष ओली कर्णाली दौडाहमा छन् । उनी कालिकोट नपुग्दै एमालेका पुराना नेता एवम् पूर्व सचिवालय सदस्य धीरबहादुर शाही आज काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली काँग्रेसका कालिकोट सभापति अम्मबहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् । सभापति शाहीले एमालेका पुराना नेतालाई काँग्रेसमा प्रवेश गराइएको पुष्टि गरेका छन् । ‘उहाँ २०४७ सालदेखी नेकपा एमालेमा आवद्ध हुनुभएको हो, आज नेपाली काँग्रेस रोज्नु भएको छ,’ शाहीले भने ।

सम्बन्धित शीर्षक