जानाकी ग्रामिण कृषि उत्थान सहकारी सस्थाको दाना राख्ने गोदम ः माननीय खरेल द्धरा शिलान्यास

गणेश रावत

कोहलपुर ःबाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीमा आज जानाकी गा्रमिण कृषि उत्थान सहकारी सस्थाको दाना राख्ने गोदाम शिलान्यास भएको छ । आजका कार्यक्रमका प्रमुख अथिति एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य माननीय आईपि खरेल ले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भयो ।

शिलान्यास कार्यक्रम मा बोल्दै अझै जनतामा चेतानाको कमी भएकोले बिचैलिय बाट बचाउँन सहकारीले अहम भुमिका खेल्न आग्रह गर्नु भयो । सहकारी सबैको साझ संस्था भएको ले यसको अझै उचाईमा पुर्याउन सञ्चालक समितिको महत्व पुर्ण भुमिका रहेको जानाकी गा्रमिण कृषि उत्थान सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार थारुले बताए ।

मर्यादित व्यावसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ शिलान्यास भएको हो । सहकारीले विगत देखि किसानहरु लाई सहुलीयत मल,धानको बिउ लगायत वितरण गर्दै आएको व्यवस्थापक मनोज कुमार थारुले बताउँनु भयो । बजारमा मल अभाव भएको बेला पनि सहकारीले वितरण गर्दा ठुलो राहत भएको स्थानिय खुशि व्यक्त गरे ।

नेपाल सरकार लुम्बिनी प्रदेश भुमि व्यावस्थापन,कृषि तथा सहकारी मन्त्रलय पशुपन्क्षी तथा मत्स्य विकास निर्दशनलय भेटरीनरी अस्पातल तथा पशु विकास विज्ञ्य केन्द्र बाँके अधिकृत कमला अधिकारीले प्रदेश सरकार बाट आएको अनुदान लाइृ सदुपयोग गरी अबका दिनमा यस सहकारीको गोदाम घर मात्र नभएर कार्यलय को लागि पनी अनुदान ल्याउने हेतुले अगाडि बढ्न आग्रह गर्नु भयो ।

नेपाल सरकार लुम्बिनी प्रदेश भुमि व्यावस्थापन,कृषि तथा सहकारी मन्त्रलय पशुपन्क्षी तथा मत्स्य विकास निर्दशनलय भेटरीनरी अस्पातल तथा पशु विकास विज्ञ्य केन्द्र बाँके को आर्थिक सयोग र जानाकी ग्रामिण कृषि उत्थान सहकारी सस्थाका को आयो जनामा शिलान्यास भएको हो ।

सम्बन्धित शीर्षक