नेपालगन्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव फेला

नेपालगन्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा सुर्खेतका ३० वर्षिय बालकृष्ण ओलीको शव फेला परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका– २० राँझा, नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्डबाहिर युवकको शव आज बिहान फेला परेको बताए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक